
बाहुबली स्टार प्रभास र अभिनेत्री अनुष्का शेट्टीको अफेयरबारे लामै समयदेखि फिल्म बजारमा चर्चा छ। यी दुबै कलाकारले सुपरहिट फिल्म बाहुबलीमा सँगै काम गरेका थिए। यो जोडीलाई पर्दामा निकै रुचाइएको थियो। त्यसयता प्रभासको नाम कुनै न कुनै रुपमा अनुष्कासँग जोडिने गरेको छ। यस विषयमा प्रभासले अनुष्का आफ्नो नजिकको साथी मात्र भएको प्रष्ट पारिसकेका छन्। तर, अनुष्का भने मौन थिइन्। उनी मौन हुँदा प्रभाससँग अफेयर रहेको भन्दै प्रश्न उठ्ने गरेको छ। यस्तो अवस्थामा अनुष्काले पनि प्रभाससँगको सम्बन्धबारे मुख खोलेकी छिन्।
प्रभाससँग आफ्नो दोस्ती विहान ३ बजे पनि कुराकानी गर्नसक्ने खालको भएको बताउँदै अनुष्काले अफेयरमा नरहेको स्पष्ट पारिन्।
डिक्कन क्रोनिकलसँगको अन्तर्वार्तामा अनुष्काले भनिन्, 'म प्रभासलाई पछिल्लो १५ वर्षदेखि चिन्छु। उहाँ मेरो यस्तो साथी हो जसलाई म विहान ३ बजे कुरा गर्न सक्छु। हामी आम रुपमा जोडिएका छौं किनकि हामी दुबै सिंगल छौं र पर्दामा हाम्रो जोडी जम्छ। यदि हाम्रो बीचमा केही थियो भने अहिलेसम्म थाहा भइहाल्थ्यो। हामी दुबै उस्तै छौं। आफ्नो भावना लुकाउँदैनौं।'