PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विदेशी मुद्रा विनिमय मुद्दामा प्रहरीले खोजिरहेकी शेर्पा पक्राउ



पहिलोपोस्ट

विदेशी मुद्रा विनिमय मुद्दामा प्रहरीले खोजिरहेकी शेर्पा पक्राउ

काठमाडौं : विदेशी मुद्रा विनिमय मुद्दामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्वर ३ बस्ने प्रतिवादी साङ्डोमा शेर्पालाई नियन्त्रणमा लिएको हो।

शेर्पालाई सिन्धुपाल्चोक जिल्ला अदालतले २०७१ साउन २० गते अठ्सठ्ठी लाख बैसठ्ठी हजार चार सय तेह्र रुपैयासाठी पैसा जरिबाना हुने ठहर गरेको थियो तर शेर्पा भने फरार थिइन्।

आइतवार स्वयंभूबाट पक्राउ फैसला कार्यान्वयनको लागि केन्द्रिय कारागार सुन्धारा लगिएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell