PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

झापाबाट कोरोनाको आशंकामा काठमाडौं ल्याएका व्यक्तिमा कोरोना संक्रमण नभएको पुष्टी



रासस

झापाबाट कोरोनाको आशंकामा काठमाडौं ल्याएका व्यक्तिमा कोरोना संक्रमण नभएको पुष्टी

काठमाडौं : कोभिड-१९ संक्रमणको आशंकामा झापाबाट आइतवार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ।

 भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशंकामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ती बिरामीलाई कोभिड–१९ नभएको स्पष्ट गरेका हुन्।

'उक्त बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड–१९ को भने सङ्क्रमण देखिएको छैन', उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell