PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

चीनमा घट्दो कोरोना ग्राफ : आइतवार १६ संक्रमण, १४ जनाको मृत्यु



पहिलोपोस्ट

चीनमा घट्दो कोरोना ग्राफ : आइतवार १६ संक्रमण, १४ जनाको मृत्यु
Photo: Xinuha

गत वर्ष डिसेम्बर अन्त्यदेखि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण दर चीनमा घटिरहेको छ। आइतवार सम्म आइपुग्दा यो दर १० को आँकडामा झरेको छ।

आइतवार चीनमा १६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै १४ जनाको मृत्यु भएको छ।

चीनमा देखिएका १६ जना संक्रमित मध्ये १२ बाहिरबाट आएका इम्पोर्टेड केस भएको सिन्ह्वाले जनाएको छ।

योसँगै चीनमा ८० हजार ८६० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये हाल ९ हजार ८ सय ९८ जना उपचारका क्रममा छन्। त्यस्तै ६७ हजार ७ सय ४९ जना उपचार पछि फर्किसकेका छन्। त्यस्तै तीन हजार दुई सय १३ जनाको मृत्यु भएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार आइतवार मृत्यु हुने सबै हुवेइका हुन्। तथ्यांक अनुसारआइतवार ४१ वटा नयाँ शंकास्पद केस दर्ता भएका छन्।

त्यस्तै आइतवार नै ८३८ जना डिस्चार्ज भएका छन्। त्यस्तै गम्भिर केसहरु पनि घट्दै गएका छन्। गम्भिर अवस्थामा रहेका १९४ जनाको अवस्था अहिले सामान्य रहेको र ती हजार ३२ जना मात्र गम्भिर अवस्थामा रहेको स्वास्थ्य आयोगले जनाएकव छ।

त्यस्तै संक्रमितसँग नजिक भएका नौ हजार ५८२ जनालाई निगरानीमा राखिएको छ। आइतवार निगरानीमा राखिएका १ हजार ३१६ जनालाई डिस्चार्ज गरिएको थियो।

आइतवार देखिएका संक्रमित मध्ये १२ जना इम्पोर्टेड हुन्। उनीहरु मध्ये चार जना बेइजिङ, चार जना गुआङदोङ, दुई जना सांघाइ र युनान तथा कान्सुमा एक/एक जना संक्रमित रहेका छन्। स्वास्थ्य आयोगका अनुसार आइतवार सम्म १२३ वटा इम्पोर्टेड केस दर्ता भएका छन्।

त्यस्तै आइतवार सम्ममा हङकङमा १४८ मा कोभिड-१९ को संक्रमण फेला परेका छन्। यहाँ चार जनाको मृत्यु भएको छ। त्यस्तै मकाउमा १० जना संक्रमण प्रमाणित भएको छ। ताइवानमा ५९ जना संक्रमति हुँदा एक जनाको मृतुयु भएको छ।

हालसम्म आइपुग्दा विश्वका १४३ देश/क्षेत्रमा पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनको आइतवार मध्यरात सम्मको तथ्याङ्क हेर्दा १लाख ५३ जहार ५ सय १७ जना संक्रमित भइसकेका छन्। मृत्यु हुनेको संख्या ५ हजार ७ सय ३५ पुगि सकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell