PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

प्रहरीको फन्दामा मास्कको कालोबजारी गर्नेहरु

प्रहरीको फन्दामा मास्कको कालोबजारी गर्नेहरु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको हल्लाले बजारमा कालोबजारी बढेपछि प्रहरीको विशेष टोली बजारमा परिचालन भयो। विशेष अपरेसन सञ्चालन गरेको प्रहरीले काठमाडौंका विभिन्न स्थानमा छापा मार्‍यो।

सो क्रममा आइतवार मात्रै काठमाडौंका विभिन्न स्थानमा लुकाइ राखेका करिब ८ लाख थान भन्दा बढी मास्क बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र सतुंगल क्षेत्रबाट कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्न राखिएको सर्जिकल मास्क बरामद गरेको हो।

कपनको मिलनचोकबाट ३५ कार्टुन मास्क बरामद गरिएको हो। ३५ कार्टुनमा १ लाख ६८ वटा मास्क रहेका थिए। त्यस्तै प्रहरीले सतुंगलमा रहेको एक गोदाममा पनि छापा मारेको थियो। विष्णुदेवीको आरडिजी इन्टरनेसनल सप्लायर्सबाट प्रहरीले १२० कार्टुन मास्क बरामद गरेको हो। कार्टुनमा ६ लाख भन्दाबढी मास्क रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले ती स्थानहरुबाट पाँच जनालाई पक्राउ समेत गर्‍यो। करिब ३ रुपैयाँ २५ पैसा पर्ने मास्क उनीहरुले ३१ रुपैयाँ प्रति गोटा बेच्न लागेको प्रहरीको अनुसन्धानमा खुलेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell