PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कोरोना कहर : सुनसान बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

कोरोना कहर : सुनसान बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोभिड-१९ का कारण पर्यटकलाई आगमनमा रोक लगाएपछि त्रिभुवन विमानस्थल सुनसानजस्तै बनेको छ। आइतवारदेखि लागू हुने गरी सरकारले पर्यटकका लागि दिइँदै आएको अन अराइभल भिसा रद्द गरेको छ। योसँगै तेस्रो मुलुकबाट आउने यात्रुहरु रोकिएसँगै विमान कम्पनीहरुले अन्तर्राष्ट्रिय उडानमा कमी आएको छ।

सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान जस्तै देखियो। अध्यागमन विभागले शुक्रवार सूचना जारी गर्दै सम्पूर्ण विदेशीलाई दिइने अन-अराइभल भिसामा रोक लगाइएको जानकारी गराएको हो। त्यस्तै विदेशमा रहेका नेपालीलाई अत्यावश्यकबाहेक यात्रा नगर्नसमेत विभागले आग्रह गरेको छ। एनआरएनहरुलाई नेपाल प्रवेशमा दिँदै आएको सुविधासमेत रोक लगाइएको छ। ३० अप्रिल, २०२० सम्मका लागि भन्दै जारी गरिएको सूचनापछि त्रिभुवन विमानस्थलमा चाप घटेको हो।

विदेशबाट नेपाल आउने विदेशीले सात दिनअघिको स्वास्थ्य परीक्षणको प्रमाणपत्र त्रिभूवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा बुझाउनुपर्ने। त्यसैगरी विदेशमा रहेका गैरआवासीय नेपालीहरुले नेपाल भ्रमण गर्नैपर्ने भएका सम्बन्धित मुलुकमा रहेको कूटनीतिक मिसनमा सम्पर्क गर्ने र नेपाल पुग्‍नुभन्दा सात दिनअघिको स्वास्थ्य परीक्षण प्रमाणपत्र बुझाउनुपर्नेछ।

१४ मार्चपछि नेपाल आउने सम्पूर्ण विदेशी नागरिकले सेल्फ-क्‍वारेन्टाइनमा बस्‍नुपर्नेछ। गैरआवासीय नेपाली नागरिकसहितका नेपालीहरुले भने १४ दिनसम्मको होम-क्‍वारेन्टाइनमा बस्‍नुपर्नेछ। त्यसैले पनि नेपालका लागि पूर्व निर्धारित रुपमा टिकट लिएकाहरुले पनि यात्रा रद्द गरेका कारण विमानस्थल सुनसान देखियो।

फोटोमा हेर्नुहोस् सुनसान विमानस्थल



ट्रेन्डिङ पोस्ट

Ncell