PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

विज्ञान संवादमा कोरोनाको कुरा: मास्क लगाउनु पर्ने अवस्था छैन, सूचनालाई फिल्टर गरौं



पहिलोपोस्ट

विज्ञान संवादमा कोरोनाको कुरा: मास्क लगाउनु पर्ने अवस्था छैन, सूचनालाई फिल्टर गरौं

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) लाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी पेन्डेमिक घोषणा गरिसकेको छ। चीनको वुहानबाट आउटब्रेक भएको भाइरस विश्वका अधिकांश देशहरुमा फैलिसकेको छ। 

नेपालमा हालसम्म भाइरसको एउटामात्रै केस सार्वजनिक भएको छ। यद्यपि, कोरोना संक्रमित ती व्यक्ति उपचारपछि घर फर्किसकेका छन्। यो केस सार्वजनिक हुँदासम्म भाइरस चीनबाहिर थोरै राष्ट्रमा मात्रै देखिएको थियो। हाल युरोप यो भाइरसको केन्द्रविन्दु भएको छ। खाडी राष्ट्रहरुमा समेत यो भाइरसको प्रकोप सार्वजनिक भइरहेका छन्। भारतमा समेत यो भाइरसबाट १०० जनाभन्दा धेरै संक्रमित हुँदा दुई जनाको मृत्यु भइसकेको छ।

हाल नेपालमा भाइरसको कुनै केस नभएकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको तर्क विज्ञहरुले गरेका छन्। कोभिड १९ नेपालमा फैलिन नदिन र यदि फैलिएमा त्यसको रोकथाम गर्न सरकारले तयारी थालिसकेको छ। यसैबीच कोरोना भाइरसका बारेमा जानकारी र जनचेतना फैलाउने उद्देश्यले सोमबार ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विज्ञान संवाद आयोजना गर्‍यो। संवादमा नेपालमा भाइरसको अवस्थाका बारेमा चर्चा गरिएको थियो।

शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले कोरोना भाइरसका कारण विश्व नै 'रिक्स' मा रहेको भन्दै नेपाल मात्र सुरक्षति छ भन्ने कुरा नहुने बताए। भाइरसलाई नियन्त्रण गर्न सतर्कता अपनाउने र सामाजिक दुरी कायम गर्नु नै हाललाई उपयुक्त उपाय हुने उनले बताए।

यस्तै,  स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.  दिपेन्द्र रमण सिंहले अहिले नेपाली जनता यो विश्वव्यापी पेन्डेमिक भन्दा इन्फोडेमिक (समस्याको समाधानलाई जटिल बनाउने गरी हुने सूचनाको अति प्रवाह) सँग सचेत हुनुपर्नेमा जोड दिए।

'मिडियाहरुमा धेरै कुरा आइरहेका छन्। कुन सूचना राम्रो हो कुन नराम्रो त्यो छुटाउनुपर्ने बेला आएको छ। भाइरस फैलिने सम्भावना धेरै रहन्छ तर त्यसको सूचना प्रदान गर्न् स्रोत विश्वासिलो हुनुपर्छ' उनले भने।

यो महामारी फैलिन नदिन नेपालमा सबै क्षेत्र एकै स्थानमा उभिएको भन्दै उनले नागरिकले हाल सतर्कता अपनाउँदा भाइरस संक्रमणको सम्भावना धेरै घटने बताए।

यस्तै हाल सबैले मास्क लगाउनुपर्ने अवस्था नरहेको समेत उनले स्पष्ट गरे।

'यो भाइरस धेरै मानिस भएको स्थानमा फैलिने सम्भावना रहन्छ। सिनेमा हल, पार्टी जस्ता धेरै मानिस जमघट हुने स्थानमा हामी सर्तक हुनुपर्छ। हाललाई हात धुनेर सामाजिक दुरी कायम गर्नु नै उपयुक्त हुन्छ।' उनले सुझाव दिए।मास्क लगाउनै पर्दैन। जसलाई रुघाखोकी लागेको छ। उनीहरुले मात्रै मास्कको प्रयोग गर्न संक्रमणको डर कम हुन्छ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell