PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

नेपाल चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला



पहिलोपोस्ट

नेपाल चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला

काठमाडौं : चलचित्र पत्रकार संघ नेपालको आठौं महाधिवेशनबाट दिनेश सिटौला अध्यक्ष पदमा विजयी भएका छन्। उनले कुल ७० मत ल्याएका हुन्।

निकटम प्रतिद्वन्द्वी डब्बु क्षेत्रीले ३९ मत ल्याए। त्यस्तै अन्य प्रतिद्वन्द्वीहरु गीता अधिकारी र अनिल यादवले क्रमश: १४/१४ मत प्राप्त गरेका हुन्।

सोमवार काठमाडौंमा भएको निर्वाचनमा संघको कार्यक्रमतर्फ उपाध्यक्षमा जीवन पराजुली निर्वाचित भए। उनले ७४ मत प्राप्त गरे। संगठनतर्फ भने सोही पदमा कुवेर डंगोल निर्विरोध विजयी भएका हुन्। महिला उपाध्‍यक्षमा दीपज्‍योति थापा पनि निर्विरोध विजयी बनिन्।

महासचिव पदका लागि समीर बलामी ८८ मतसहित निर्वाचित भए। त्यस्तै खुल्लातर्फ सचिव रघुनाथ सापकोटा र जनजातीतर्फ सचिव विशाल राई चुनिए। 

संघको कोषाध्यक्षमा प्रदीप कार्की र सह-कोषाध्‍यक्षमा विनोद पोखरेल विजयी भए।

नेपाल चलचित्र पत्रकार संघको सदस्‍यहरुमा गणेश ओली ‘आशिष’, सृष्टि पोखरेल, मिलन ढुंगाना, नवीन गिरी, महिलातर्फ सुरक्षा भट्टराई, मनिष दाहाल ‘अन्जान’, गोपीकृष्ण चापाँगाइ र समावेशीतर्फ दीपक गुरुङ चुनिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell