PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोरोनाको विषयलाई लिएर बन्ने भयो ‘लभ स्टोरी’ फिल्म, नाम : कोरोना प्यार हे



पहिलोपोस्ट

कोरोनाको विषयलाई लिएर बन्ने भयो ‘लभ स्टोरी’ फिल्म, नाम : कोरोना प्यार हे

मुम्बई : कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको छ। कोरोनाको त्रासका कारण सिनेमा हलहरु धमाधम बन्द भइरहेका छन्। फिल्मको छायांकन पनि स्थगित भइरहेको छ। तर, भारतमा भने कोरोना भाइसरको संक्रमण बढिरहँदा यहि विषयलाई लिएर फिल्म निर्माण हुने भएको छ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार इरोस इन्टरटेनमेन्टले ‘कोरोना प्यार हे’ नामक फिल्म निर्माण गर्ने भएको हो। फिल्म लभ स्टोरी जनारामा निर्माण हुने बताइएको छ। यसअघि इरोस इन्टरटेनमेन्टले ‘बाजिराव मस्तानी’, ‘तनु वेड्स मनु’ लगायतका फिल्महरु निर्माण गरिसकेको छ।

त्यसो त यो फिल्मको नाम ऋतिक रोशन अभिनित फिल्म ‘कहो ना प्यार हे’सँग मिल्दो जुल्दो छ। फिल्म निर्माता कृष्णा लुल्लाले कोरोनाको विषयलाई लिएर फिल्म निर्माण हुने घोषणा गरेका हुन्।

‘अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ। फिल्म लभ स्टोरी जनरामा निर्माण हुनेछ’, उनले भने, ‘अब कोरोना भाइरसको संक्रमण अलि कम भएपछि फिल्मको सुटिङ शुरु गर्नेछौं।’

कोरोनाको संक्रमण कम भएसँगै ‘कोरोना प्यार हे’को सुटिङ सुरु हुनेछ। निर्माण टिमले कलाकारहरुको नाम भने सार्वजनिक गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell