PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

ऐन बनाएर वक्यौता रकम भुक्तानी गर्ने सहमति



रासस

ऐन बनाएर वक्यौता रकम भुक्तानी गर्ने सहमति

जनकपुरधाम : प्रदेश नम्बर २ सरकारमार्फत गत आर्थिक वर्षमा सम्पन्न विकास निर्माणका काममध्ये बाँकी रहेको वक्यौता रकम ऐन बनाएर भुक्तानी गरिने भएको छ। गत वर्ष कामको भुक्तानीका सम्बन्धमा प्रदेश सभाको निर्देशन बमोजिम आज जनकपुरधाममा बसेको सर्पपक्षीय बैठकले ऐन बनाएर भुक्तानी गर्ने सहमति गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए।

सो बैठकमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सत्यनारायण यादव, प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामसरोज यादव, प्रदेश सरकारका मन्त्री, संसदीय समितिका सभापति, प्रमुख सचिवका साथै सबै मन्त्रालयका सचिवसहितको सो बैठकले गत वर्षको कामको भुक्तानी ऐन बनाएर गर्ने सहमति गरेको हो।

सो ऐनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सभामा विधेयक दर्ता गर्नेछ। प्रदेश सभाले सो विधेयक पारित गरेपछि गत वर्षको वक्यौंता कामको भुक्तानीको बाटो खुल्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell