PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

यसरी जीर्णोद्धार हुँदैछ भक्तपुरको न्यातापोल

यसरी जीर्णोद्धार हुँदैछ भक्तपुरको न्यातापोल

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर: २०७२ सालको भूकम्प र त्यसपछिका परकम्पले क्षति पुगेको भक्तपुरको प्रसिद्ध ङातापोल (न्यातापोल) मन्दिरको जीर्णोद्धारको काम भइरहेको छ।

हाल मन्दिरको माथिल्लो तल्ला भत्काउने काम सकिएको छ। भूकम्पमा मन्दिरको माथिल्लो छानामा क्षति पुगेको थियो। जीर्णोद्धारका क्रममा निकालिएको काठ र इट्टामा नम्बर लेखेर सुरक्षित राख्ने काम गरिएको छ।

ङातापोल मन्दिर नेपाल संवत ८२२ मा राजा भूपतिन्द्र मल्लको पालामा निर्माण भएको हो। उक्त मन्दिर तान्त्रिक विधिले ६ महिनामा निर्माण भएको कथन छ।

भक्तपुर नगरपालिकाको अगुवाइमा भइरहेको जीर्णोद्धारको कामका लागि नगरपालिकाले ६५ लाख १३ हजार ३ सय ५८ रुपैयाँ छुट्याएको छ। मंसिर महिनादेखि सुरु भएको निर्माण कार्य हाल जारी छ। मन्दिरको निर्माण पुरानै शैलीमा मौलिक तरिकाले भइरहेको नगरपालिकाले जनाएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ३ सय वर्षभन्दा अघि बनेको मन्दिर जस्ताको तस्तै रहको बताउँदै मल्लकालीन प्रविधिहरु उत्कृष्ट रहेको प्रमाण भएको बताएका छन्। प्रजापतिले ङातापोल मन्दिरमा अवस्थित हरेक वस्तुको क्षतिबारे अध्ययन र अनुसन्धान गर्दै सुरक्षित अभिलेखीकरण गरिरहेको बताए।



ट्रेन्डिङ पोस्ट

Ncell