PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • जो जीवित देवता बनेर हिँडिरहेका छन् ...

    जो जीवित देवता बनेर हिँडिरहेका छन् ...

    सेतो लामो जामा। टाउकोमा ढाका टोपी। खाली खुट्टा। शरीरमा बाधिँएको छ खिँ बाजा। ५५ वर्षीय दयाराम वनमाला यही रुपमा वर्षको ८ महिना व्यस्त हुन्छन् नवदूर्गा नाचका लागि। करिब ७ वर्षको उमेर देखि नवदूर्गा नाचमा संलग्न हुँदै आएका दयाराम अहिले देवगणका गुरु बनिसके। जीवनी भने फेरिएको छैन। वर्षको ८ महिना नवदूर्गा नाचमै व्यस्त त हुनै पर्‍यो ३ महिना नयाँ पुस्ताका देवगणलाई…

    विस्तृतमा पढ्नुस्

  • अव्यवस्थित तारहरुले बढ्दो त्रास : मध्यबानेश्वरमा विजुलीको पोल लागेको आगो नियन्त्रणमा

    अव्यवस्थित तारहरुले बढ्दो त्रास : मध्यबानेश्वरमा विजुलीको पोल लागेको आगो नियन्त्रणमा

    काठमाडौं: मध्यबानेश्वरमा आज विजुलीको पोलमा आगलागी हुँदा केहीबेर आवतजावतमा समस्या भएको छ। मध्यान्ह भएको आगलागीपछि केही बेर अवस्था तनावपूर्ण भएको थियो। आगो फैलिँदै गएपछि स्थानीयहरु मिलेर आगो नियन्त्रणमा लिन प्रयास गरेका थिए। अहिले आगो नियन्त्रणमा आइसकेको छ। काठमाडौंमा अव्यवस्थित तरिकाले तारहरु राखिएका कारण यसरी आगलागीका घटनाहरु भइरहन्छन्। तार र पोलहरु घर नजिकै हुँदा यस्तो घटना हुँदा भौतिक क्षति समेत हुने गरेको छ। 

    विस्तृतमा पढ्नुस्

  • भोलिको शक्ति प्रदर्शनका लागि आन्दोलनरत नेकपाको एकफन्को मार्च पास

    भोलिको शक्ति प्रदर्शनका लागि आन्दोलनरत नेकपाको एकफन्को मार्च पास

    काठमाडौं : शक्ति प्रदर्शनको होडबाजीकै बिच भोलि हुने भनिएको प्रचण्ड-माधवकुमार नेपाल समूहको जनसभाको पूर्व सन्ध्यामा युवा संघ नेपालले मार्च पास गरेको छ। बाल्मिकी क्याम्पसबाट पुतलीसडक, बागबजार हुँदै एक फन्को लगाएको हो युवा संघले। औपचारिक रुपमा विभाजित नभए पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रका दुई पक्षबिच शक्ति प्रदर्शनको होडबाजी कायमै छ। त्यसैको तयारीमा आज मार्च पास भएको हो। पुस २३…

    विस्तृतमा पढ्नुस्

  • हिउँ परेपछिको चन्द्रागिरि...

    हिउँ परेपछिको चन्द्रागिरि...

    काठमाडौं : आज काठमाडौंमा हल्का वर्षा भएसगैँ चन्द्रागिरिमा हिउँ परेको छ। उपत्यकाको मौसम बदली हुँदा चिसो ह्वात्तै बढेको छ। हिउँ परेसँगै मानिसहरु हिउँ खेल्न चन्द्रागिरि पुगेका छन्। चन्द्रागिरिमा हिउँ खेल्दै गरेका फोटोहरु सामाजिक संजालहरुमा देखिएका थिए।  लकडाउनका कारण ठप्प भएको चन्द्रागिरी हिल्समा अहिले आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएसँगै राहत मिलेको छ। विगत केही वर्षदेखि राजधानीवासीलाई हिउँ खेल्ने वैकल्पिक स्थानका रुपमा चन्द्रगिरि विकास…

    विस्तृतमा पढ्नुस्

  • बिहानैदेखि सडकमा निस्किएका नेकपाका कार्यकर्ताले यसरी सडकमै खाए खाना

    बिहानैदेखि सडकमा निस्किएका नेकपाका कार्यकर्ताले यसरी सडकमै खाए खाना

    काठमाडौं : प्रतिनिधिसभा विघटन र संवैधनिक आयोगमा नियुक्तिलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहले आज देशभर आम हड्ताल गरिरहेको छ। काठमाडौं उपत्यकाको विभिन्न स्थानमा नेता तथा कार्यकर्ता आमहड्ताल सफल बनाउन सडकमा ओर्लिएका छन्। सडकमा आन्दोलनरत् नेता र कार्यकर्ता मकै, चिउरा खाँदै गरेको देख्न सकिन्छ। बिहानै देखि बन्द सफल बनाउन हिँडेका कार्यकर्ताहरु कोटेश्वरमा भने सडकमै खाना पाकाएर खाएका छन्। …

    विस्तृतमा पढ्नुस्

  • आमहड्तालको दृश्य : सडकमै पाक्यो दाल भात तरकारी, प्रहरीसँग भने घम्साघम्सी

    आमहड्तालको दृश्य : सडकमै पाक्यो दाल भात तरकारी, प्रहरीसँग भने घम्साघम्सी

    काठमाडौं : प्रतिनिधिसभा विघटन र संवैधनिक आयोगमा नियुक्तिलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहले आज देशभर आम हड्ताल गरिरहेको छ। काठमाडौं उपत्यकाको विभिन्न स्थानमा नेता तथा कार्यकर्ता आमहड्ताल सफल बनाउन सडकमा ओर्लिएका छन्। सडकमा आन्दोलनरत् नेता र कार्यकर्ता मकै, चिउरा खाँदै गरेको देख्न सकिन्छ। यता, कोटेश्वरमा भने प्रदर्शनकारी सडकको बिचमा नै खाना बनाउँदैछन्। कोही भात बनाउने तयारीमा देखिन्छन् त…

    विस्तृतमा पढ्नुस्

  • कोटेश्वरमा जाम! प्रचण्ड माधव नेकपाको आमहड्तालमा गाडी अगाडि नबढेपछि यात्रुलाई सास्ती, २० फोटो

    कोटेश्वरमा जाम! प्रचण्ड माधव नेकपाको आमहड्तालमा गाडी अगाडि नबढेपछि यात्रुलाई सास्ती, २० फोटो

    नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहले घोषणा गरेको आम हड्तालको काठमाडौंमा सामान्य प्रभाव परेको छ। बिहानैदेखि प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता आम हड्ताललाई सफल बनाउन भन्दै सडकमा ओर्लिएका छन्। यसबीच प्रहरीले बन्द गराउँदै हिँड्ने कैयौं व्यक्तिलाई पक्राउ गरेको छ। यता सडकमा काठमाडौंका मुख्य सडक भने आम हड्तालको कारण प्रभावित बनेका छन्। भित्रि शहरहरुमा जनजीवन सामान्य भएपनि मुख्य सडकमा सवारी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका सडक देखियो यस्तो, छैनन् सार्वजनिक सवारी साधन चलेका

    काठमाडौंका सडक देखियो यस्तो, छैनन् सार्वजनिक सवारी साधन चलेका

    आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहले घोषणा गरेको आम हड्तालको कारण बिहानैदेखि काठमाडौं उपत्यकाभित्र बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। काठमाडौं उपत्यकालाई विषेश राखेर सुरक्षा व्यवस्था मिलाइएको छ। लामो समयपछि ठूलो राजनीतिक दलले यसरी बन्दको घोषणा गरेकाले सुरक्षा रणनीति पनि त्यही अनुसार तयार पारिएको छ। शान्तिपूर्ण आन्दोलन गर्ने समूहलाई केही नगर्ने तर तोडफोड, आगजनी अवरोध गरे तत्कालै नियन्त्रणमा लिने…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपाल समूहले बागबजारमा निकाल्यो मसाल जुलुस

    प्रचण्ड-नेपाल समूहले बागबजारमा निकाल्यो मसाल जुलुस

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले बिहीवारको लागि आह्वान गरेको देशव्यापी आमहड्तालको पूर्व सन्ध्यामा बागबजारमा मसाल जुलुस निकालेको छ। आमहड्ताललाई सफल बनाउन भन्दै प्रचण्ड-नेपाल समूहले मसाल जुलुस निकालेको हो। सरकारले संवैधानिक निकायहरुमा एकलौटी रुपमा नियुक्त गरेका पदाधिकारीहरुलाई शपथ खुवाएसँगै प्रचण्ड नेपाल समूहले आमहड्तालको घोषणा गरेका हुन्। सबै फोटो : अमित मचामसी/ पहिलोपोस्ट

    विस्तृतमा पढ्नुस्

  • ८० वर्षपछि जब टेकुको रुखमा शुक्रराज फाँसीमा चढे …

    ८० वर्षपछि जब टेकुको रुखमा शुक्रराज फाँसीमा चढे …

    कालो चश्मा, कालो टोपी र शरीरमा सेतो वस्त्र र खैरो धोती। दुई प्रहरीले हातमा समाएर टेकुमा रहेको खरिको रुखमा ल्याइन्छ शुक्रराज जोशी शास्त्रीलाई। त्यहाँ तयारी अवस्थामा रुखमा झुण्डयाइएको छ डोरी, शास्त्रीलाई फाँसी दिन। शास्त्रीपनि प्रजातन्त्र अमर रहोस् भन्दै खुशी खुशी फाँसी चढ्छन्। १९९७ सालमा प्रजातन्त्रको माग गर्दै राणा विरुद्ध आन्दोलनमा होमिएका शास्त्रीलाई टेकुस्थित यही रुखमा झुण्डयाइएको थियो। नेवार समुदायमाथि भएको दमन…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा माधव नारायण मेला, हनुमानघाटमा स्नान

    भक्तपुरमा माधव नारायण मेला, हनुमानघाटमा स्नान

    भक्तपुरमा माधव नारायण मेला शुरु भएको छ। साँखुमा माधव नारायण मेला शुरु हुने दिन नै भक्तपुरमा पनि नायारण मेला शुरु हुन्छ।  बिहानै देखि माधव नारायणको दर्शनको लागि भक्तजनहरु हनुमानघाट पुगेका थिए। व्रतालुहरुहरुले सेतो कपडा लगाएर नदीमा स्नान गरेका थिए। एक महिनासम्म चल्ने मेलामा व्रतालुहरुसँगै माधव नारायणलाई नगर परिक्रमा गर्ने गरिन्छ। व्रतालुहरुले नदीको किनारमा सुतेर पूजाआजा गरेका छन्। पौष शुक्ल चतुर्दशीको…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा कोभिशिल्ड भ्याक्सिन लगाउन सुरु

    भक्तपुरमा कोभिशिल्ड भ्याक्सिन लगाउन सुरु

    भक्तपुर : भक्तपुरमा कोरोना भ्याक्सिन लगाउन सुरु गरिएको छ। आज भक्तपुर अस्पतालमा कोभिसिल्‍ड भ्याक्सिन लगाउन सुरु भएको हो। अस्पतालकी चिकित्सक सुमित्रा गौतमले पहिलो भ्याक्सिन लगाइन्।  अस्पतालका करिब ८०० जना चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मीहरुलाई भ्याक्सिन दिइनेछ। अस्पतालबाट पहिलो चरणमा करिब ४ हजारजनालाई भ्याक्सिन दिन तयारी गरिएको छ।

    विस्तृतमा पढ्नुस्

  • खोकनामा मनाइयो नेवा: एकता दिवस, उठ्यो भूमि, सम्पदा र भाषा संरक्षणको माग

    खोकनामा मनाइयो नेवा: एकता दिवस, उठ्यो भूमि, सम्पदा र भाषा संरक्षणको माग

    काठमाडौं : आज देशभर नेवा: एकता दिवास मनाइएको छ। राज्यद्वारा नेवा: भूमि, सम्पदा र भाषामाथि विभेद गरिएको भन्दै एकीकृत आन्दोलनको रुपमा नेवा: एकता दिवस मनाउन गरिएको हो। यसपटक ११ औं नेवा एकता दिवस ललितपुरको खोकनामा सम्पन्न भयो। खोकनादेखि खुदोलसम्म विभिन्न नारा लगाएर र्‍याली कोणसभामा परिणत भएको थियो।  कार्यक्रममा नेवा: अभियन्ताहरुले नेवा: सभ्यता बचाउन अब एकजुट हुनुपर्ने बताए।  फास्ट ट्रयाक, स्मार्ट सिटी…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनको विरोधमा युवाले सडकलाई नै बनाए नमुना संसद

    प्रतिनिधिसभा विघटनको विरोधमा युवाले सडकलाई नै बनाए नमुना संसद

    काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा युवाले सडकमै नमुना संसदको बैठक बसेका छन्। उनीहरुले भृकुटिमण्डपस्थित पद्मोदयमोडको सडकमा प्रतीकात्मक रुपमा राष्ट्रिय सभाको बैठक बसेर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन्। नेपाल टिन लिडर्सको आयोजनामा बुधवार नमुना संसद बनाई राष्ट्रिय सभाको नमुना बैठक गरिएको हो। सो क्रममा सहभागी युवाहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक र अराजनीतिक कदम भएको बताए। उनीहरुले प्रतिनिधिसभाको पुनर्स्थापना हुनुपर्ने माग समेत…

    विस्तृतमा पढ्नुस्

  • 'डियर मेयर, माटो र पानीसँग हाम्रो आत्मीयता छ, कमल पोखरी बचाउ'

    'डियर मेयर, माटो र पानीसँग हाम्रो आत्मीयता छ, कमल पोखरी बचाउ'

    काठमाडौं :  कमल पोखरी निर्माणमा ऐतिहासिक, सांस्कृति र पर्यावरणीय वातावरणमा असर पर्ने गरी काम भएको भन्दै अभियन्ताहरुले काठमाडौं महानगरमा धर्ना दिएका छन्। पुरातत्व विभागले कमल पोखरी निर्माणको क्रममा कंक्रिटको प्रयोग नगरी मौलिक शैलीमा निर्माण गर्न पत्र पठाएकै दिन पोखरीमा डोजर चलाएपछि अभियन्ता र स्थानीय आन्दोलित भएका हुन्। मंगलबार दिउँसो महानगर कार्यालय बाहिर अभियन्ताहरुले धर्ना दिएका थिए। उनीहरुले कंक्रिटको संरचना निर्माण…

    विस्तृतमा पढ्नुस्

  • आगलागी पछि सोल्टी सिटीमा देखिएको त्रासको माहोल

    आगलागी पछि सोल्टी सिटीमा देखिएको त्रासको माहोल

    काठमाडौं : सोमवार दिउँसो रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगो लाग्यो। अपार्टमेन्टको छैटौं तलामा आगलागी हुँदा केही समय अपार्टमेन्ट क्षेत्रमा त्रास सिर्जना भयो। विद्युत सट भएर आगो लागेपछि अपार्टमेन्टमा रहेका मानिसहरु बाहिर निस्किएका थिए। घरधनीहरु चिन्तामा देखिन्थे। नेपाली सेना, नेपाल प्रहरी र जुद्ध वारुण यन्त्र रवि भवन पुग्ने बेलासम्म धेरै संख्यामा मानिसहरु अपार्टमेन्ट बाहिर भेला भइसकेका थिए। आगलागीका क्रममा भएको भागढौडमा तीनजना घाइते भएको…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा विवेकशील साझाको प्रदर्शन, 'न्यायालय अब तिम्रै आस छ'

    माइतीघरमा विवेकशील साझाको प्रदर्शन, 'न्यायालय अब तिम्रै आस छ'

    काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेको छ। माइतीघरमा भेला भएका विवेकशीलका सदस्यहरुले 'असंवैधानिक संसद विघटन' खारेज हुनुपर्ने माग गरेका थिए। उनीहरुले सडकमा विरुवा राखेर लोकतन्त्रको विरुवा मार्न नपाइने भन्दै प्रदर्शन गरे। प्रदर्शनका उत्रेका युवाहरुले अब जनताको आशा न्यायालयको मात्रै रहेको नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। हाल प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाहरुमा…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा मर्न नदिन नागरिक प्रदर्शन

    प्रतिनिधिसभा मर्न नदिन नागरिक प्रदर्शन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको भन्दै नागरिक प्रदर्शन आज पनि जारी रह्यो। प्राध्यापक डाक्टर गोविन्द केसीसहितका व्यक्तिहरु अहिंसात्मक नागरिक प्रदर्शनीमा सहभागी भएका हुन्। माइतीघरमा भएको प्रदर्शनमा प्रतिनिधिसभालाई मार्न नदिन र संविधानवादको रक्षका लागि विभिन्न नारा लेखिएका प्लेकार्ड बोकिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • नवदुर्गा नाच : सुरु भयो माछा मार्ने जात्रा

    नवदुर्गा नाच : सुरु भयो माछा मार्ने जात्रा

    भक्तपुर : नवदुर्गा नाच अन्तर्गत आजबाट माछा मार्ने जात्रा सुरु भएको छ। आज सूर्यमढीमा नवदुर्गा गणहरुले नृत्य प्रस्तुत गरे। कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसपटक नवदुर्गा नाचको समय छोट्याइएको छ।

    विस्तृतमा पढ्नुस्

  • तारुकामा जब दर्शकको भीडमा दौडियो गोरु ...

    तारुकामा जब दर्शकको भीडमा दौडियो गोरु ...

    काठमाडौं : माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा गोरु जुधाउन चहलपहल हुन्छ। बिहानै देखि गोरु जुधाएको हेर्न मानिसहरु तारुका पुग्ने गर्छन्। यसपटक पनि तारुकामा गोरु जुधाइयो। गोरुलाई फाँटमा ल्याउने क्रममा गोरु दर्शक बसेको स्थानमा भागेपछि केहीबेर भागाभाग भएको थियो। त्यसक्रममा केही व्यक्तिहरु घाइते समेत भए। गोरु जुधाई हेर्न स्थानीयदेखि आन्तरिक पर्यटकको भीड लागेको थियो।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell