PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

आगलागी पछि सोल्टी सिटीमा देखिएको त्रासको माहोल

आगलागी पछि सोल्टी सिटीमा देखिएको त्रासको माहोल

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : सोमवार दिउँसो रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगो लाग्यो। अपार्टमेन्टको छैटौं तलामा आगलागी हुँदा केही समय अपार्टमेन्ट क्षेत्रमा त्रास सिर्जना भयो।

विद्युत सट भएर आगो लागेपछि अपार्टमेन्टमा रहेका मानिसहरु बाहिर निस्किएका थिए। घरधनीहरु चिन्तामा देखिन्थे। नेपाली सेना, नेपाल प्रहरी र जुद्ध वारुण यन्त्र रवि भवन पुग्ने बेलासम्म धेरै संख्यामा मानिसहरु अपार्टमेन्ट बाहिर भेला भइसकेका थिए।

आगलागीका क्रममा भएको भागढौडमा तीनजना घाइते भएको प्रहरीले जानकारी दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell