PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

काठमाडौंका सडक देखियो यस्तो, छैनन् सार्वजनिक सवारी साधन चलेका

काठमाडौंका सडक देखियो यस्तो, छैनन् सार्वजनिक सवारी साधन चलेका

अमित मचामसी/पहिलोपोस्ट


आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहले घोषणा गरेको आम हड्तालको कारण बिहानैदेखि काठमाडौं उपत्यकाभित्र बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। काठमाडौं उपत्यकालाई विषेश राखेर सुरक्षा व्यवस्था मिलाइएको छ। लामो समयपछि ठूलो राजनीतिक दलले यसरी बन्दको घोषणा गरेकाले सुरक्षा रणनीति पनि त्यही अनुसार तयार पारिएको छ।

शान्तिपूर्ण आन्दोलन गर्ने समूहलाई केही नगर्ने तर तोडफोड, आगजनी अवरोध गरे तत्कालै नियन्त्रणमा लिने सुरक्षाा रणनीति देखिएको छ। आज प्रहरीले क्विक रेस्पोन्स टिम बनाएको छ।  साविकको भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। 'ह्याभी सुरक्षाकर्मी परिचालन भएको छ। कसैले अबरोध गर्‍यो, आगजनी गर्‍यो भने तत्कालै नियन्त्रणमा लिएर कारबाही गर्छौ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरीबहादुर पालले भने।

बिहानैदेखि सार्वजनिक सवारी साधनन चलेका छैनन्। मानिस हिँडेर नै गन्तब्यतिर लागेका देखिन्छन्। ठाउँ ठाउँमा प्रर्दशनकारी भेला भएर नाराबाजी गरेका छन्। मानिस भेला भएर शान्तिपूर्ण नाराबाजी गर्नेलाई प्रहरीले नियालेरमात्र बसेको देखिन्छ।

तर आज बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ। अज्ञात समूहले  प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन्। 'गोंगबुको टाउन पछाडि रोकेर राखेको ट्याक्सी जलाइएको हो। साडे पाँच बजेतिर घटना लगत्तै तत्कालै प्रहरी पुगेर आगो निभाएको थियो। प्रहरीले बन्द गराउँदै हिडेका ५६ जनालाई नियन्त्रणमा लिएको छ। शंकास्पद मानिसलाई भने प्रहरीले नियन्त्रणमा लिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell