PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आमहड्तालको दृश्य : सडकमै पाक्यो दाल भात तरकारी, प्रहरीसँग भने घम्साघम्सी

आमहड्तालको दृश्य : सडकमै पाक्यो दाल भात तरकारी, प्रहरीसँग भने घम्साघम्सी

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा विघटन र संवैधनिक आयोगमा नियुक्तिलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहले आज देशभर आम हड्ताल गरिरहेको छ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा नेता तथा कार्यकर्ता आमहड्ताल सफल बनाउन सडकमा ओर्लिएका छन्। सडकमा आन्दोलनरत् नेता र कार्यकर्ता मकै, चिउरा खाँदै गरेको देख्न सकिन्छ।

यता, कोटेश्वरमा भने प्रदर्शनकारी सडकको बिचमा नै खाना बनाउँदैछन्। कोही भात बनाउने तयारीमा देखिन्छन् त कोही तरकारी बनाउने तयारीमा।

बन्दकर्ताहरुले बिच सडकमा नै खाना बनाउन थालेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारी बिच केही समय घम्साघम्‍सी नै परेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell