PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भोलिको शक्ति प्रदर्शनका लागि आन्दोलनरत नेकपाको एकफन्को मार्च पास

भोलिको शक्ति प्रदर्शनका लागि आन्दोलनरत नेकपाको एकफन्को मार्च पास

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : शक्ति प्रदर्शनको होडबाजीकै बिच भोलि हुने भनिएको प्रचण्ड-माधवकुमार नेपाल समूहको जनसभाको पूर्व सन्ध्यामा युवा संघ नेपालले मार्च पास गरेको छ। बाल्मिकी क्याम्पसबाट पुतलीसडक, बागबजार हुँदै एक फन्को लगाएको हो युवा संघले।

औपचारिक रुपमा विभाजित नभए पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रका दुई पक्षबिच शक्ति प्रदर्शनको होडबाजी कायमै छ। त्यसैको तयारीमा आज मार्च पास भएको हो।

पुस २३ गते सत्तारुढ नेकपाले राजधानीको दरबारमार्गमा शक्ति प्रदर्शन गर्‍यो भने त्योभन्दा ठूलो शक्ति पुस २८ मा देखाउने घोषणा गर्‍यो आन्दोलनमा रहेको समूहले। सत्तारुढ नेकपाको शक्ति प्रदर्शनमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे भने भोलि हुने आन्दोलनरत समूहको शक्ति प्रदर्शनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने छन्।



ट्रेन्डिङ पोस्ट

Ncell