PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

प्रतिनिधिसभा विघटनको विरोधमा युवाले सडकलाई नै बनाए नमुना संसद

प्रतिनिधिसभा विघटनको विरोधमा युवाले सडकलाई नै बनाए नमुना संसद

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा युवाले सडकमै नमुना संसदको बैठक बसेका छन्। उनीहरुले भृकुटिमण्डपस्थित पद्मोदयमोडको सडकमा प्रतीकात्मक रुपमा राष्ट्रिय सभाको बैठक बसेर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन्।

नेपाल टिन लिडर्सको आयोजनामा बुधवार नमुना संसद बनाई राष्ट्रिय सभाको नमुना बैठक गरिएको हो। सो क्रममा सहभागी युवाहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक र अराजनीतिक कदम भएको बताए।

उनीहरुले प्रतिनिधिसभाको पुनर्स्थापना हुनुपर्ने माग समेत गरे। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई खारेज गर्नुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने समेत उनीहरुको माग थियो।



ट्रेन्डिङ पोस्ट

Ncell