PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

माइतीघरमा विवेकशील साझाको प्रदर्शन, 'न्यायालय अब तिम्रै आस छ'

माइतीघरमा विवेकशील साझाको प्रदर्शन, 'न्यायालय अब तिम्रै आस छ'

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेको छ। माइतीघरमा भेला भएका विवेकशीलका सदस्यहरुले 'असंवैधानिक संसद विघटन' खारेज हुनुपर्ने माग गरेका थिए। उनीहरुले सडकमा विरुवा राखेर लोकतन्त्रको विरुवा मार्न नपाइने भन्दै प्रदर्शन गरे।

प्रदर्शनका उत्रेका युवाहरुले अब जनताको आशा न्यायालयको मात्रै रहेको नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। हाल प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाहरुमा सर्वोच्च अदालतमा बहस भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell