PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

बिहानैदेखि सडकमा निस्किएका नेकपाका कार्यकर्ताले यसरी सडकमै खाए खाना

बिहानैदेखि सडकमा निस्किएका नेकपाका कार्यकर्ताले यसरी सडकमै खाए खाना

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा विघटन र संवैधनिक आयोगमा नियुक्तिलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहले आज देशभर आम हड्ताल गरिरहेको छ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा नेता तथा कार्यकर्ता आमहड्ताल सफल बनाउन सडकमा ओर्लिएका छन्। सडकमा आन्दोलनरत् नेता र कार्यकर्ता मकै, चिउरा खाँदै गरेको देख्न सकिन्छ।

बिहानै देखि बन्द सफल बनाउन हिँडेका कार्यकर्ताहरु कोटेश्वरमा भने सडकमै खाना पाकाएर खाएका छन्। 

बन्दकर्ताहरुले बिच सडकमा नै खाना बनाउन थालेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारी बिच केही समय घम्साघम्‍सी नै परेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell