PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

कोटेश्वरमा जाम! प्रचण्ड माधव नेकपाको आमहड्तालमा गाडी अगाडि नबढेपछि यात्रुलाई सास्ती, २० फोटो

कोटेश्वरमा जाम! प्रचण्ड माधव नेकपाको आमहड्तालमा गाडी अगाडि नबढेपछि यात्रुलाई सास्ती, २० फोटो

अमित मचामसी/पहिलोपोस्ट


नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहले घोषणा गरेको आम हड्तालको काठमाडौंमा सामान्य प्रभाव परेको छ। बिहानैदेखि प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता आम हड्ताललाई सफल बनाउन भन्दै सडकमा ओर्लिएका छन्। यसबीच प्रहरीले बन्द गराउँदै हिँड्ने कैयौं व्यक्तिलाई पक्राउ गरेको छ।

यता सडकमा काठमाडौंका मुख्य सडक भने आम हड्तालको कारण प्रभावित बनेका छन्। भित्रि शहरहरुमा जनजीवन सामान्य भएपनि मुख्य सडकमा सवारी आवागमन ठप्प छ। बानेश्वर, माइतीघर, रत्नपार्क क्षेत्रमा प्रदर्शनका कारण सवारी साधन चल्न सकेका छैनन्। कोटेश्वरमा सवारी साधनहरु रोकिँदा जामजस्तै देखिएको छ। गाडी अगाडि नबढेपछि यात्रु त्यतै ओर्लन बाध्य भएका छन्। उनीहरु पैदलै हिँडेर गन्तव्यतिर लागिरहेका छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell