PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

खोकनामा मनाइयो नेवा: एकता दिवस, उठ्यो भूमि, सम्पदा र भाषा संरक्षणको माग

खोकनामा मनाइयो नेवा: एकता दिवस, उठ्यो भूमि, सम्पदा र भाषा संरक्षणको माग

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : आज देशभर नेवा: एकता दिवास मनाइएको छ। राज्यद्वारा नेवा: भूमि, सम्पदा र भाषामाथि विभेद गरिएको भन्दै एकीकृत आन्दोलनको रुपमा नेवा: एकता दिवस मनाउन गरिएको हो।

यसपटक ११ औं नेवा एकता दिवस ललितपुरको खोकनामा सम्पन्न भयो। खोकनादेखि खुदोलसम्म विभिन्न नारा लगाएर र्‍याली कोणसभामा परिणत भएको थियो।  कार्यक्रममा नेवा: अभियन्ताहरुले नेवा: सभ्यता बचाउन अब एकजुट हुनुपर्ने बताए। 

फास्ट ट्रयाक, स्मार्ट सिटी लगायतका परियोजनाबाट खोकनाको इतिहास मेटाउन खोजेको भन्दै त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने घोषणा समेत कार्यक्रममा गरियो।



ट्रेन्डिङ पोस्ट

Ncell