PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • बुंगमतीमा ३ महिना बसेर पाटनको त: बहा: फर्किए रातो मछिन्द्रनाथ

    बुंगमतीमा ३ महिना बसेर पाटनको त: बहा: फर्किए रातो मछिन्द्रनाथ

    काठमाडौं : करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई बुंगमतीबाट पाटनको त: बहा: (मछिन्द्रबहाल) मा ल्याइएको छ। रातो मछिन्द्रनाथलाई पाटनको तःबहामा ६ महिना र बुंगमतीमा ६ महिना राख्ने गरिन्छ। रातो मछिन्द्रनाथलाई बुंगमतीबाट त: बहा:मा ल्याइँदै गर्दा बुंगमतीकी जीवित देवी कुमारी समेत उपस्थित थिइन् भने गुरुजुको पल्टनले सलामी दिएको थियो।  यो वर्ष कोरोना संक्रमणका कारण रातो मछिन्द्रनाथलाई बुंगमती लग्न ढिला भएको थियो। लगनखेलको इटी टोलबाट तानेर ल्याएको…

    विस्तृतमा पढ्नुस्

  • सुलक्षण कीर्ति विहारमा जेष्ठ नागरिक आवास गृह बन्ने, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

    सुलक्षण कीर्ति विहारमा जेष्ठ नागरिक आवास गृह बन्ने, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित सुलक्षण कीर्ति विहारमा जेष्ठ नागरिक आवास गृहको शिलान्यास गरेका छन्। मंगलबार दिउँसो श्रीमती राधिका शाक्यसहित विहार पुगेका ओलीले ‘शान्ति सुद्धम्मावास’ आवास गृहको शिलान्यास गरेका हुन्। शिलान्यास गर्दै ओलीले धर्मको मूलमन्त्र शान्ति र मेलमिलाप तथा एकता हुनुपर्ने बताए। 'हरेक धर्म मेलमिलापका लागि हुनपर्छ, फाटोको निम्ति होइन', उनले भने, 'बुद्ध दर्शनले हामीलाई यस कुरामा प्रष्ट गरेको छ।'…

    विस्तृतमा पढ्नुस्

  • झाँक्रीदेखि जोगीसम्म 'राजा आउ, देश बचाउ' नारा लगाउँदै, पुगे माइतीघरदेखि नयाँ बानेश्वरसम्म

    झाँक्रीदेखि जोगीसम्म 'राजा आउ, देश बचाउ' नारा लगाउँदै, पुगे माइतीघरदेखि नयाँ बानेश्वरसम्म

    काठमाडौं : पछिल्लो दिन राजतन्त्रको पक्षमा प्रदर्शनहरु बढ्न थालेका छन्। आज पनि काठमाडौंको माइतीघरमा 'राजा आउ, देश बचाउ' भन्दै प्रदर्शन गरिएको छ। नेपाल एकीकरणका नायकका रुपमा चिनिएका पृथ्वीनारायण शाहको फोटोसहित नेपाली राष्ट्रिय झण्डा बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनमा झाँक्रीदेखि जोगीसम्म सहभागी देखिन्थे। ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’को आव्हानमा राजसंस्थाको माग गर्दै भएको प्रदर्शन बानेस्वर पुगी कोणसभामा परिणत भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा अझै छैन अनलाइनमा सबै विद्यार्थीहरुको पहुँच, तिनैलाई लक्षित गर्दै खुल्न थाले विद्यालय

    उपत्यकामा अझै छैन अनलाइनमा सबै विद्यार्थीहरुको पहुँच, तिनैलाई लक्षित गर्दै खुल्न थाले विद्यालय

    ९ महिना भइसक्यो कोरोना भाइरसका कारण देशभरका विद्यालयहरुमा पठनपाठन ठप्प भएको। पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा विद्यालय संचालनमा आएका छन्। भौतिक उपस्थितिमा नै कलेज र विश्वविद्यालय तहका परीक्षाहरु समेत संचालन भइरहेका छन्। तर पूर्ण रुपमा विद्यालय संचालन गर्ने वातावरण अझै बनेको छैन। काठमाडौं उपत्यका संक्रमण उच्च रहेकाले यहाँ विद्यालय अहिलेकै परिस्थितिमा संचालन गर्न चुनौती छ। अधिकांश विद्यालयहरुले अनलाइन…

    विस्तृतमा पढ्नुस्

  • गुन्डुमा अघिल्लो वर्षहरुमा जति फूलेन मखमली

    गुन्डुमा अघिल्लो वर्षहरुमा जति फूलेन मखमली

    भक्तपुरको गुन्डु, मखमली फूलका लागि उपत्यकामै चिनिएको ठाउँ। तिहार नजिकिएसँगै फूलको माग उच्च हुन्छ। अझ नओइलाउने मखमलीको फूलको महत्व धार्मिक रुपमा पनि उत्तिकै छ। अहिले गुन्डुका घरहरुमा तिहारको लागि मखमली फूल उनिरहेको दृश्य देखिन्छ। तर यहाँका फूल व्यवसायीले पहिले झैं मखमली रोपेनन्। कोरोना र लकडाउन त्रासले व्यापार नहुने डरले फूले पहिले झै नरोपेको स्थानीय रामप्यारी थापाले बताइन्। त्यसैले अघिल्ला वर्षहरुमा…

    विस्तृतमा पढ्नुस्

  • नगरकोटबाट यस्तो देखियो सगरमाथा

    नगरकोटबाट यस्तो देखियो सगरमाथा

    यति बेला मौसम सफा देखिएसँगै हिमाल खुल्न थालेका छन्। देशभरका विभिन्न ठाउँबाट अहिले हिमाल देख्न सकिन्छ। यसैगरी हिमाल हेर्न काठमाडौं नजिकबाट पर्यटकहरु पुग्ने ठाउँ हो नगरकोट। यहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि गणेश, लाङटाङ, गौरी शंकर, ल्होत्से, मकालुसम्म देखिन्छ।

    विस्तृतमा पढ्नुस्

  • 'ग्लास हाउस' विद्यालयका विद्यार्थी बिदामा, पर्यटकको भने यस्तो चहलपहल

    'ग्लास हाउस' विद्यालयका विद्यार्थी बिदामा, पर्यटकको भने यस्तो चहलपहल

    काठमाडौंको शंखरापूर नगरपालिका ३ को ढोक्सानस्थित श्री शिलादेवी आधारभूत विद्यालयमा आजकल घुम्न पुग्नेहरूको भिड लाग्ने गरेको छ। डाँडाको माथि रहेको विद्यालयबाट रमणीय हिम श्रृङ्खला देख्ने सकिन्छ। तर, पर्यटकहरू हिम श्रृङ्खला हेर्नै मात्र भने त्यहाँ पुगेका होइनन्। उनीहरूलाई त्यहाँसम्म आकर्षित गरेको हो विद्यालयको भवनले। सन् २०१८ मा सुपरटेक्चरसँगको सहर्कायमा प्याटरिजियाले विद्यालयलाई विस्तार गर्न सहयोग गरेको थियो। सन् २०१२ देखि संचालनमा आएको…

    विस्तृतमा पढ्नुस्

  • मालीगाउँको ‘वान ट्री’बाट हिमाल हेर्दा...

    मालीगाउँको ‘वान ट्री’बाट हिमाल हेर्दा...

    भक्तपुरको जगातीबाट करिब ७ किलोमिटर टाढा छ मालीगाउँ। तामाङ समुदायको बाहुल्य रहेको यस क्षेत्रमा पछिल्लो समय धेरै संख्यामा आन्तिरक पर्यटक पुग्ने गरेका छन्। शहरको कोलाहलबाट टाढा शान्त र रमणीय क्षेत्र युवा पुस्तामाझ हाइकिङ गर्ने थलोका रुपमा समेत विकास हुँदै गएको छ। अहिले भने मालीगाउँमा हिमाल हेर्न मनपराउनेहरुको गन्तव्य बनेको छ। मौसम खुलेको समयमा यहाँबाट धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको हिमालहरु देख्न…

    विस्तृतमा पढ्नुस्

  • धुलोको कुइरीमण्डलमा काठमाडौं, मालीगाउँबाट देखियो यस्तो दृश्य

    धुलोको कुइरीमण्डलमा काठमाडौं, मालीगाउँबाट देखियो यस्तो दृश्य

    काठमाडौं : दशैंताका काठमाडौंको वातावरण सफा हुने गर्थ्यो। कारण – चाड मनाउन उपत्यका छाड्नेहरूका कारण चाप कम हुनु। सवारी साधन कम गुड्नु। तर, यस वर्ष कोरोना भाइरस संक्रमणको महामारीका कारण अवस्था उस्तै रहेन। पछिल्ला वर्षहरूको तुलनामा निकै कम मानिसले काठमाडौं छाडे। जसका कारण उपत्यकाको सडकमा सवारी चाप पनि खासै कम भएन। यहींका सडक निर्माण र मेलम्चीको पाइप बिच्छ्याउने कार्यका कारण…

    विस्तृतमा पढ्नुस्

  • मनै लोभ्याउने काभ्रेको तीनधारे झरना, सेल्फिसँगै रमाइलोमा मस्त युवा

    मनै लोभ्याउने काभ्रेको तीनधारे झरना, सेल्फिसँगै रमाइलोमा मस्त युवा

    काठमाडौंः पछिल्लो समय काठमाडौँबाट नजिकै रहेको तीन तीनधारे झरना निकै चर्चामा छ। युवा पुस्ताहरू फोटो खिचाउन र रमाइलो गर्नकै लागि भए पनि एक पटक काभ्रेको रोशी गाउँपालिका २ मा रहेको झरनामा पुग्ने गरेका छन्। लकडाउनदेखि झरनाको चर्चा झनै बढेको देखिन्छ। बिदाको दिन झरनामा मानिसको भीड लाग्छ। दशैंको समयमा पनि झरना पुग्नेहरूको सङ्ख्यामा कमी आएको छैन। झरनामा पुग्ने मानिसको सङ्ख्या उतिकै छ।…

    विस्तृतमा पढ्नुस्

  • टीका त लगाउनै पर्‍यो: कोही हिँड्दै कोही गाडीमा

    टीका त लगाउनै पर्‍यो: कोही हिँड्दै कोही गाडीमा

    काठमाडौं : आज विजयादशमीको अवसरमा मान्यजनबाट टीका लगाउने क्रम जारी छ। बिहानै देखि मानिसहरु नवदुर्गाको प्रसादका रुपमा टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन मान्यजन र आफन्तका पुगिरहेका छन्। तर, कोरोना भाइरस संक्रमणका कारण विगत वर्षहरुमा झै यसपटक आफन्त र ठूलाबडा कहाँ जाने क्रम घटेको छ। संक्रमणको अवस्थालाई मध्यनजर गर्दै साथीभाइ र आफन्त भेला भएर मनाइने यो चाडलाई धेरैले यसपटक परिवारमा…

    विस्तृतमा पढ्नुस्

  • दशैं उमंग : पिङमा मच्चिँदै 'चाचाहुई… सररर…सै'

    दशैं उमंग : पिङमा मच्चिँदै 'चाचाहुई… सररर…सै'

    दशैंको मुख्य दिन आज विजया दशमी। टीका जमरा लगाएपछि पिङ खेल्नेदेखि आफन्तजनकहाँ आउजाउ चल्छ। दशैंको मुख्य रमाईलो भनेकै गाउँगाउँमा लिंगे पिङदेखि रोटी पिङ खेल्न पाउनु हो। दशैंमा एकपटक भुँई छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङ खेल्ने गरिन्छ। यसपटक भने कोभिड-१९ महामारीका कारण सरकारले सार्वजनिक रुपमा पिङ नहाल्न आग्रह गरेको छ। संक्रमण फैलने डरले सरकारले सचेतता अपनाउन आग्रह गरिएको छ। यद्यपि दशैंको…

    विस्तृतमा पढ्नुस्

  • गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकाको दशैंघरमा भित्र्याइयो

    गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकाको दशैंघरमा भित्र्याइयो

    काठमाडौँ : हनुमानढोकामा फूलपाती भित्र्याइएको छ। हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिड. जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ। यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याएको…

    विस्तृतमा पढ्नुस्

  • सैनिक हेलिकप्टर सडकबाट यसरी पुर्‍याइयो खरिपाटी, हेर्नुस् फोटोमा

    सैनिक हेलिकप्टर सडकबाट यसरी पुर्‍याइयो खरिपाटी, हेर्नुस् फोटोमा

    प्रयोगहीन अवस्थामा रहेको नेपाली सेनाको एमआई -१७ हेलिकप्टरलाई सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी पुर्‍याइएको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाएर उक्त हेलिकप्टर खरिपाटी पुर्‍याइएको हो। बिहीबार राति करिब ११ बजे हेलिकप्टर खरिपाटी पुर्‍याइएको हो।  विमानस्थलबाट कोटेश्वर, सल्लाघारी जगाती हुँदै सडक मार्गबाट हेलिकप्टर लगिएको हो। उक्त क्रममा केही क्षेत्रमा सवारी आवागमनमा समेत बाधा परेको थियो। 

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा किसानलाई धान सुकाउने चटारो

    भक्तपुरमा किसानलाई धान सुकाउने चटारो

    भक्तपुर : दशैं संघारमा छ। सँगै कोरोना भाइरसको महामारी। यसबीच भक्तपुरमा भने किसानलाई धान सुकाउने चटारो छ। बिहानै देखि महिलाहरु धान सुकाउन अहिले भक्तपुरको योसींखेलमा व्यस्त देखिन्छन्। खेतमा धान पाकेपछि केहीसमय देखि किसानले धान काट्दै त्यसलाई चुटेर योसींखेलमा सुकाउने गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • भयको राजले सुनसान बनाएको बसपार्क : दशैंको मुखमा यसअघि नदेखिएको दृष्य

    भयको राजले सुनसान बनाएको बसपार्क : दशैंको मुखमा यसअघि नदेखिएको दृष्य

    जुन दृष्य हामी सामुन्ने छ, दशैंका मुखमा कल्पनाभन्दा बाहिरको थियो। मानिसहरुको आवतजावत सबैभन्दा बढी हुने समय हुन्थ्यो, सबै ठीक थियो भने। यतिखेर संसारलाई सञ्चो छैन। अनि यस्तो हालतमा नेपाल किन फरक हुन्थ्यो? दशैं मनाउन घर जानेहरुलाई यतिखेर सबैभन्दा टन्टा हुन्थ्यो गाडीको। तर यसपाला ठीक उल्टो छ। यसपाला गाडीवालाहरु टन्टामा छन्। यात्रु छैनन्, सिट भरिन कठिन छ। मानिसको गतिविधि न्युन हुँदै गएपछि…

    विस्तृतमा पढ्नुस्

  • दसैंको मुखमा असन बजारमा यस्तो छ चहलपहल

    दसैंको मुखमा असन बजारमा यस्तो छ चहलपहल

    सबै कुरा ठीक चलेको हुन्थ्यो भने यतिखेर सबैभन्दा धेरै असहज चाहिँ यही बजार छिर्दा भोगिन्थ्यो। उपत्यकाकै पुरानो बजार असनमा मानिसको चहलपहल त देखिन्छ तर पहिले जस्तो देखिन्थ्यो, त्यस्तो चाहिँ होइन। लामो लकडाउन र निषेधाज्ञापछि मानिसहरुको चहलपहल अनुभूति गर्न सकिन्छ। देख्दा भिडभाड नै लाग्छ पनि। तर, विगतलाई तुलना गर्दा यो दसैंको मुखमा देखिने असनको चहलपहल भन्नेखालको चाहिँ होइन। व्यापार र व्यवसाय…

    विस्तृतमा पढ्नुस्

  • आठ फोटोमा आलुबाली लगाइएको चाँगुनारायणको मनोहरा फाँटको मनमोहक दृश्य

    आठ फोटोमा आलुबाली लगाइएको चाँगुनारायणको मनोहरा फाँटको मनमोहक दृश्य

    चाँगुनारायण नगरपालिका वडा ४ क्षेत्रमा रहेको मनोहरा फाँट केही दिन अघिमात्र धानले पहेँलो देखिन्थ्यो। धान पाकेको केही समयमै ती फाँटमा रहेका खेतमा किसानले आलु रोपे। अहिले हरेक गराका ड्याङमा लहरै आलुका विरुवा निस्किएसँगै फाँटमा हरियाली देखिन थालेको छ।

    विस्तृतमा पढ्नुस्

  • बलात्कार घटनाका पीडितको लागि न्याय माग्दै माइतीघरमा दीप प्रज्वलन

    बलात्कार घटनाका पीडितको लागि न्याय माग्दै माइतीघरमा दीप प्रज्वलन

    काठमाडौं : बलात्कार घटनाका पीडितको लागि न्याय माग्दै माइतीघरमा बुधवार साँझ दीप प्रज्वलन गरिएको छ। विभिन्न समयमा भएका घटनाका पीडितलाई न्याय दिलाउन माग गरिएको हो। उनीहरुले पीडितलाई न्याय दिन र अपराधीलाई उन्मुक्ती नदिन सरकारसमक्ष माग राखेका छन्। केही दिनअघि बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएपछि घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन पनि भइरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • प्रदुषण मापनका लागि एकान्तकुनामा ट्याक्सीको लाइन

    प्रदुषण मापनका लागि एकान्तकुनामा ट्याक्सीको लाइन

    ललितपुरको एकान्तकुनामा यतिबेला सडकमा ट्याक्सीको लाइन देख्न सकिन्छ। यातायात कार्यालयमा प्रदुषण जाँचका लागि लाइन लागेका १५० ट्याक्सीको एक दिनमा प्रदुषण मापन हुन्छ। प्रदुषण मापनका लागि कार्यालयले हरेक दिन १५० वटा टोकन उपलब्ध गराउँछ। हप्ताको दुई दिन मंगलवार र बुधवार प्रदुषण जाँचको प्रबन्ध मिलाइएको छ। प्रदुषण मापन गर्न आउनेको भिडले तीन दिनदेखि नै लाइनमा लाग्नुपरेको एक चालकले बताए।  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell