PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकाको दशैंघरमा भित्र्याइयो

गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकाको दशैंघरमा भित्र्याइयो

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौँ : हनुमानढोकामा फूलपाती भित्र्याइएको छ। हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिड. जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र गरेर पूरा गरिएको छ। यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह र  मङ्गल धुन गाउने मङ्गलिनी समूहको सहभागिता मात्रै रहेको थियो।

 हनुमानढोका दरबार नासलचोकमा पूजा र  मूलचोकमा बलिसहित पूजा गरेपछि दशैँघरमा फूलपाती भित्र्याइएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell