PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सुलक्षण कीर्ति विहारमा जेष्ठ नागरिक आवास गृह बन्ने, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

सुलक्षण कीर्ति विहारमा जेष्ठ नागरिक आवास गृह बन्ने, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित सुलक्षण कीर्ति विहारमा जेष्ठ नागरिक आवास गृहको शिलान्यास गरेका छन्।

मंगलबार दिउँसो श्रीमती राधिका शाक्यसहित विहार पुगेका ओलीले ‘शान्ति सुद्धम्मावास’ आवास गृहको शिलान्यास गरेका हुन्।

शिलान्यास गर्दै ओलीले धर्मको मूलमन्त्र शान्ति र मेलमिलाप तथा एकता हुनुपर्ने बताए।

'हरेक धर्म मेलमिलापका लागि हुनपर्छ, फाटोको निम्ति होइन', उनले भने, 'बुद्ध दर्शनले हामीलाई यस कुरामा प्रष्ट गरेको छ।'

प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत भगवान गौतम बुद्ध नेपालको भूमिमा जन्मिएको भए पनि बुद्ध धर्मको प्रचार र लुम्बिनीको विकासमा विदेशीको भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्न सरकार लागिपरेको बताए।

'लुम्बिनीको विकासका लागि आफ्नो कर्तव्य पूरा गर्न तीव्रताका साथ अगाडि बढ्नु जरुरी छ', उनले भने।

बुद्ध जन्मभूमिबारे फैलाइएका भ्रम पछिल्ला समय विश्वभरबाट हट्दै गएको उल्लेख गर्दै अमेरिकाले विद्यालयको पाठ्यक्रमबाट बुद्धको जन्मभूमिसम्बन्धी भ्रम सच्याएको जानकारी दिँदै भने,'अमेरिकाले बुद्ध नेपालमा नभई अन्यत्रै जन्मिएको भन्ने विषय पाठ्यपुस्तकबाट हटाएर नेपालमै जन्मिएको भनेर लेखेको छ। अन्य देशको पाठ्यक्रममा पनि त्रुटी भएको भए म सच्याउन आग्रह गर्दछु।'

 



ट्रेन्डिङ पोस्ट

Ncell