PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

दशैं उमंग : पिङमा मच्चिँदै 'चाचाहुई… सररर…सै'

दशैं उमंग : पिङमा मच्चिँदै 'चाचाहुई… सररर…सै'

अमित मचामसी/पहिलोपोस्ट


दशैंको मुख्य दिन आज विजया दशमी। टीका जमरा लगाएपछि पिङ खेल्नेदेखि आफन्तजनकहाँ आउजाउ चल्छ।

दशैंको मुख्य रमाईलो भनेकै गाउँगाउँमा लिंगे पिङदेखि रोटी पिङ खेल्न पाउनु हो। दशैंमा एकपटक भुँई छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङ खेल्ने गरिन्छ।

यसपटक भने कोभिड-१९ महामारीका कारण सरकारले सार्वजनिक रुपमा पिङ नहाल्न आग्रह गरेको छ। संक्रमण फैलने डरले सरकारले सचेतता अपनाउन आग्रह गरिएको छ। यद्यपि दशैंको माहोललाई कतिपय ठाउँमा सरकारी आग्रहले रोक्न सकेन।



ट्रेन्डिङ पोस्ट

Ncell