PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दसैंको मुखमा असन बजारमा यस्तो छ चहलपहल

दसैंको मुखमा असन बजारमा यस्तो छ चहलपहल

अमित मचामसी/पहिलोपोस्ट


सबै कुरा ठीक चलेको हुन्थ्यो भने यतिखेर सबैभन्दा धेरै असहज चाहिँ यही बजार छिर्दा भोगिन्थ्यो। उपत्यकाकै पुरानो बजार असनमा मानिसको चहलपहल त देखिन्छ तर पहिले जस्तो देखिन्थ्यो, त्यस्तो चाहिँ होइन। लामो लकडाउन र निषेधाज्ञापछि मानिसहरुको चहलपहल अनुभूति गर्न सकिन्छ। देख्दा भिडभाड नै लाग्छ पनि। तर, विगतलाई तुलना गर्दा यो दसैंको मुखमा देखिने असनको चहलपहल भन्नेखालको चाहिँ होइन। व्यापार र व्यवसाय दसैंमा झै जमेको छैन यहाँ।

सामान्य दिनमा असनको जे दृष्य देखिन्थ्यो त्यो दसैंको मुखमा देखिएको छ। भोटाहिटीदेखि इन्द्रचोकसम्म दसैंको मुखमा मानिसहरु हिँड्नै पर्थेन ठेलिएर यता र उता पुगिरहन्थे। तर, कोभिड १९ ले गाँजेको छ यतिखेर। मानिसहरु मिलेसम्म जोखिम मोल्न चाहने अवस्थामा छैनन्। तर वाध्यता र रहरको दोसाँधमा बजार चाहिँ चलिरहेकै छ। मानिसहरु आउजाउ गरिरहेकै छैन। तै पनि दसैंको पूर्व सन्ध्यामा जेजस्तो दृष्य यहाँ देखिन्थ्यो, त्यो चाहिँ देखिन्न। तर, लामो लकडाउन र निषेधाज्ञा पछि जे जति मानिस देखिएका छन् - त्यसले कम नै सहि चहलपहल चाहिँ गराएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell