PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

झाँक्रीदेखि जोगीसम्म 'राजा आउ, देश बचाउ' नारा लगाउँदै, पुगे माइतीघरदेखि नयाँ बानेश्वरसम्म

झाँक्रीदेखि जोगीसम्म 'राजा आउ, देश बचाउ' नारा लगाउँदै, पुगे माइतीघरदेखि नयाँ बानेश्वरसम्म

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : पछिल्लो दिन राजतन्त्रको पक्षमा प्रदर्शनहरु बढ्न थालेका छन्। आज पनि काठमाडौंको माइतीघरमा 'राजा आउ, देश बचाउ' भन्दै प्रदर्शन गरिएको छ।

नेपाल एकीकरणका नायकका रुपमा चिनिएका पृथ्वीनारायण शाहको फोटोसहित नेपाली राष्ट्रिय झण्डा बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनमा झाँक्रीदेखि जोगीसम्म सहभागी देखिन्थे।

‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’को आव्हानमा राजसंस्थाको माग गर्दै भएको प्रदर्शन बानेस्वर पुगी कोणसभामा परिणत भएको थियो। उनीहरुले संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनस्थापना गर्नुपर्ने भन्दै नारा लगाएका छन्। सभामा अधिवक्ता सुरेन्द्र भण्डारीले राजसंस्था स्थापना हुनुपर्ने र संघीयता सँगै धर्म निरपेक्षता खारेज हुनुपर्ने माग आफुहरुको रहेको बताए।



ट्रेन्डिङ पोस्ट

Ncell