PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

मनै लोभ्याउने काभ्रेको तीनधारे झरना, सेल्फिसँगै रमाइलोमा मस्त युवा

मनै लोभ्याउने काभ्रेको तीनधारे झरना, सेल्फिसँगै रमाइलोमा मस्त युवा

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौंः पछिल्लो समय काठमाडौँबाट नजिकै रहेको तीन तीनधारे झरना निकै चर्चामा छ। युवा पुस्ताहरू फोटो खिचाउन र रमाइलो गर्नकै लागि भए पनि एक पटक काभ्रेको रोशी गाउँपालिका २ मा रहेको झरनामा पुग्ने गरेका छन्। लकडाउनदेखि झरनाको चर्चा झनै बढेको देखिन्छ।

बिदाको दिन झरनामा मानिसको भीड लाग्छ। दशैंको समयमा पनि झरना पुग्नेहरूको सङ्ख्यामा कमी आएको छैन। झरनामा पुग्ने मानिसको सङ्ख्या उतिकै छ। मानिसहरु लाइन लागेर झरना हेर्न पुगेका थिए।

काठमाडौँबाट धुलिखेल, नमोबुद्ध, दाप्चा, काफल डाँडा हुँदै तीनधारे झरना पुग्न सकिन्छ। त्यस्तै काठमाडौँबाट बनेपा हुँदै पनि जान सकिन्छ। काठमाडौँबाट करिब ६०\७० किलोमिटरको दुरी पार गरेपछि तीनधारे झरना पुगिन्छ।

हाइकिङ, साइक्लिङको गर्दै मानिसहरू झरनामा पुगेका हुन्छन्। करिब ४ सय मिटर माथिबाट झरेको झरनाले आगन्तुकलाई मोहित बनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell