PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • कर्फ्युकै बीचमा रातो मछिन्द्रनाथको यसरी हुँदै क्षमा पूजा

    कर्फ्युकै बीचमा रातो मछिन्द्रनाथको यसरी हुँदै क्षमा पूजा

    ललितपुर : पहिले झै सबै विधि र प्रकृया पूरा गरेर रथयात्रा हुन नसक्ने भएपछि मछिन्द्रनाथको रथमा क्षमा पूजा गरिएको छ। कोरोना भाइरसको संक्रमणका कारण जात्रा र पर्वहरुमाथि निषेधाज्ञा आकर्षिक भएकाले मछिन्द्रनाथको रथ तान्ने काम रोकिएको थियो। यसै विषयलाई लिएर हिजो एउटा ठूलो समूहले जबरजस्ती रथ तान्न खोजेको थियो। त्यसै क्रममा प्रहरीसँग उनीहरुको घम्साघम्सी नै परेको थियो। त्यसैले आज ललितपुरमा कर्फ्यु जारी छ।…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा यस्तो देखियो बिहानबाट ललितपुरमा लगाइएको कर्फ्यु

    फोटोमा यस्तो देखियो बिहानबाट ललितपुरमा लगाइएको कर्फ्यु

    आज बिहानै ४ बजेदेखि ललितपुरमा कर्फ्यु जारी गरिएको छ। बिहीवार पुल्चोकमा भएको हिंसात्मक घटनाका कारण आज बिहानैदेखि ललितपुरको मुख्य शहरी क्षेत्रमा कर्फ्यु लगाइएको हो। कर्फ्यु लगाइएको कारण अहिले ललितपुरको शहरी क्षेत्र सुनासान छन्। सुरक्षाकर्मी, अत्यआवश्यक सवारी साधनहरु बाहेक अन्य सवारी कुदेका छैन। बजार पूर्ण रुपमा बन्द छ। 'आवश्यक रुपमा सुरक्षाकर्मी खटाइएको छ। अहिले ललितपुरको अवस्था शान्त छ। कर्फ्यु जारी छ,'…

    विस्तृतमा पढ्नुस्

  • अन्तरार्ष्ट्रिय उडान खुलेपछि मलेसियाबाट आइपुगे नेपालीहरु

    अन्तरार्ष्ट्रिय उडान खुलेपछि मलेसियाबाट आइपुगे नेपालीहरु

    काठमाडौं : बुधवारबाट अन्तराष्ट्रिय उडान खुलेसँगै मलेसियाबाट नेपालीहरु आइपुगेका छन्। मलिन्दो एअरबाट क्वालालम्पुर हुँदै उनीहरु दिउँसो ३ बजे काठमाडौं आइपुगेका हुन्। विमानमा कति जना नेपाली थिए भन्ने बारे केही खुलाइएको छैन। उनीहरुलाई नेपाली सेनाको बसमार्फत होल्डिङ सेन्टर लगिएको छ।  

    विस्तृतमा पढ्नुस्

  • ताल्चा लागेको जीवन : निषेधाज्ञाको निर्मम चोट खपिरहेकाको दृष्य कथा

    ताल्चा लागेको जीवन : निषेधाज्ञाको निर्मम चोट खपिरहेकाको दृष्य कथा

    भक्तपुर : यी सडक छेउका सटरहरुमा जसरी ताल्चा लागेका छन् त्यसैगरी हात गोडा बाँधिएका छन् - उनीहरुको। जीवन नै एक हिसाबले निषेध बनेको छ। सटरमा ताल्चा झुन्डिए झै भौतिक रुपमा यिनीहरुका हातखुट्टा बाँधिएको त छैन, तर बाँधिएभन्दा फरक पनि छैन। दैनिक काम अनि त्यसैबाट गुजारा। परिवार पाल्नुपर्ने बाध्यता पनि। लकडाउन होस् या निषेधाज्ञा यिनीहरुका लागि क्रुर बनेर शहरमा जारी छ।…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञाको मारमा परेकाहरुलाई ‘हन्ड्रेड्स ग्रुप’को भोजन सेवा, ५ सय जनालाई दैनिक भोजन

    निषेधाज्ञाको मारमा परेकाहरुलाई ‘हन्ड्रेड्स ग्रुप’को भोजन सेवा, ५ सय जनालाई दैनिक भोजन

    काठमाडौं : ‘हन्ड्रेड्स ग्रुप’ नामक समूहले निषेधाज्ञाको मारमा परेकाहरुलाई खाना खुवाएको छ। लकडाउनको समयदेखि नै खाना खाने खर्च नभएकाहरुका लागि भोजन सेवा सञ्चालन गर्दै आएको सो समूहले हालसम्म खाना खुवाउने कार्यलाई जारी रहेको छ। ‘हन्ड्रेड्स ग्रुप’ले गत १५७ दिनदेखि यो अभियान सञ्चालन गर्दै आएको हो। यसअघि पशुपति, थापाथलीलगायतका स्थानमा पनि सो अभियान सञ्चालनमा रहेको थियो। निषेधाज्ञा लागू हुनु अघि करिक…

    विस्तृतमा पढ्नुस्

  • कोभिडप्रति सतर्कता : उपत्यकामा कार्यरत फोटो पत्रकारहरुको स्वाब संकलन गरियो

    कोभिडप्रति सतर्कता : उपत्यकामा कार्यरत फोटो पत्रकारहरुको स्वाब संकलन गरियो

    काठमाडौं :  उपत्यकामा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि बिहीवार १२५ जना फोटो पत्रकारहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ। राष्ट्रिय फोटोपत्रकार समूह नेपाल र फोटोपत्रकार क्लबमा आबद्ध र अन्य संचारगृहमा कार्यरत गरी १२५ जना फोटो पत्रकारहरुको स्वाब शुक्रवार संकलन गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो।

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची नकुरी हितिमा प्राण भर्न यसरी जुटेका छन् याद्दवलालहरु

    मेलम्ची नकुरी हितिमा प्राण भर्न यसरी जुटेका छन् याद्दवलालहरु

    काठमाडौँको प्यास मेटाउन मेलम्ची ल्याउने वाचा नगर्ने सरकार सायदै कम छन्। तर वर्षौँ बित्यो, मेलम्चीको सपना अधुरै छ। यो वर्ष पनि मेलम्चीको पानी घर-घरमा पुर्‍याउने सपना पूरा भएन। सायद अर्को साल पनि कुनै कारण आइलाग्ला। एकातिर काकाकुल काठमाडौँ उपत्यकामा सरकार मेलम्ची कुर्दैछ। अर्कातिर केही युवा पानीको प्राकृतिक स्रोत संरक्षण र उत्खननमा लागिरहेका छन्। ती मध्ये एक हुन् याद्दवलाल कायस्थ। काठमाडौँका…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा यस्तो सुनसान देखियो भक्तपुर दरबार क्षेत्र

    निषेधाज्ञामा यस्तो सुनसान देखियो भक्तपुर दरबार क्षेत्र

    कोरोना महामारी रोकथामका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञा निरन्तर छ। अतिआवश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्केका छैनन्। अहिले राजधानीको सडक लगभग सुनसान छ। निषेधाज्ञाले  पर्यटकीय स्थल भक्तपुरको दरबार स्क्वायर पनि  सुनसान देखिएको छ। प्राय भिडभाड देखिरहेन यस क्षेत्रको निषेधाज्ञाको समयमा अमित मचामासीले कैद गरेका पानोरमा दृश्य:

    विस्तृतमा पढ्नुस्

  • दशैंको संकेत गर्ने चथा:, यसरी मनाए नेवार समुदायले

    दशैंको संकेत गर्ने चथा:, यसरी मनाए नेवार समुदायले

    काठमाडौं : नेवार समुदायले आज चथा: मनाएका छन्।  दशैंको आगमनलाई संकेत गर्ने यो पर्वलाई 'सानो दशैं'का रुपमा समेत मनाउने गरिन्छ। चथा: मा गणेश र चन्द्रमाको पूजा गर्ने गरिन्छ। आजकै दिन हिन्दु धर्मवालम्बीहरुले गणेशको जन्मदिन स्वरुप गणेश चतुर्थी समेत मनाउने गर्छन्। भक्तपुरमा भने यस पर्वलाई चोथा: भन्ने गरिन्छ। रातिमात्रै मनाइने चथा: मा गणेशलाई चोर देवताको रुपमा समेत लिने गरिन्छ। साथै यसदिन…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहरबीच तीजको लहर : चाँगुनारायणको छालिङमा देखियो यस्तो उमंग

    कोरोना कहरबीच तीजको लहर : चाँगुनारायणको छालिङमा देखियो यस्तो उमंग

    भक्तपुर : कोरोना भाइरसको संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा बिहीबारबाट निषेधाज्ञा लागू गरिएको छ। यस अवधिमा अत्यावश्यक काममा बाहेक अन्य कामका लागि बाहिर ननिस्कन प्रशासनले सर्वसाधरणलाई आग्रह गरेको छ। जसकारण यसपटकको तीज प्रभावित बन्यो। शिवालयहरु यसपटक सुनसान बने। धेरैजनाले घरमा नै परिवारसँग तीज मनाए। यता भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने छालिङमा भने निषेधाज्ञाले तीज मनाउनेहरुलाई खासै असर गरेन। महिलाहरु दिँउसै टोलटोलमा जम्मा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले रोक्यो तीजको रमझम, डोलेश्वर बन्यो सुनसान

    कोरोनाले रोक्यो तीजको रमझम, डोलेश्वर बन्यो सुनसान

    भक्तपुर : आज हरितालिका तीज। महादेवको पूजा गर्दै ब्रत बसेर आज धुमधामका साथ मनाइयो यो पर्वलाई यसपटक कोरोना भाइरसले प्रभावित बनायो। उपत्यकामा कोरोना संक्रमण फैलिँदै गएपछि बिहीबारबाट निषेधाज्ञा लागू गरियो। जसका कारण यो वर्ष शिव मन्दिरहरु भीड देखिएन। घरमा नै बसेर तीज मनाउन प्रशासनले आग्रह गरेको छ। यता, भक्तपुरको डोलेश्वरपनि तीजको दिन सुनसान देखियो। हरेक वर्ष तीजका दिन भीड हुने…

    विस्तृतमा पढ्नुस्

  • नागढुंगामा सकस : 'बुधवार तरकारी लिएर बाहिर गएँ, आज फर्कँदा गाडी खाली छ भन्दै प्रवेश गर्न दिएनन्'

    नागढुंगामा सकस : 'बुधवार तरकारी लिएर बाहिर गएँ, आज फर्कँदा गाडी खाली छ भन्दै प्रवेश गर्न दिएनन्'

    काठमाडौं : घर काठमाडौं। काम तरकारी तथा फलफुल ढुवानी गर्ने। बुधवार काठमाडौंबाट तरकारी बोकेर विजय कपाली बाहिर जिल्ला गए। तर आज फर्कँदा नागढुंगामा नै रोकिए। कारण –  निषेधाज्ञा। उपत्यकामा कोरोना संक्रमण बढेसँगै बिहीबारबाट तीनवटै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा अत्यावश्यक सामाग्री र सेवाहरुका लागि गाडी संचालन गर्न पाउने भनेको छ। त्यसमा तरकारी तथा फलफुल ढुवानी गर्ने गाडी…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञापछि काठमाडौं प्रवेश गर्ने क्रममा रहेका गाडीहरु नागढुंगाबाटै फर्काइयो

    निषेधाज्ञापछि काठमाडौं प्रवेश गर्ने क्रममा रहेका गाडीहरु नागढुंगाबाटै फर्काइयो

    काठमाडौं : प्रहरीले काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा मालबाहक सवारी साधनहरु प्रवेशमा कडाइ गरेको छ। बिहीबारबाट उपत्यकामा निषेधाज्ञा लागू भएपछि नाकाबाट अत्यावश्यक समाग्री जस्तै खाद्यान्न, औषधी, तरकारी, स्वास्थ्य सामाग्री बोकेर आएको सवारी साधनलाई मात्र प्रवेश गर्न दिइएको छ। अत्यावश्यक बाहेक अन्य सामाग्री सहित काठमाडौं प्रवेश गर्ने क्रममा रहेका सवारी साधनहरु भने नाकामा नै रोकिएका छन्। कयौं गाडीहरुलाई फिर्ता पठाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित भेटिएपछि भक्तपुरको थलाछें सिल

    कोरोना संक्रमित भेटिएपछि भक्तपुरको थलाछें सिल

    भक्तपुर : भक्तपुरको थलाछें सिल गरिएको छ। कोरोना भाइरसबाट संक्रमित एकजनाको पहिचान भएपछि बेखाल टोल सिल गरिएको हो। संक्रमण पुष्टि भएको व्यक्तिलाई दिउँसो नै एम्बुलेन्सबाट अस्पताल लगिएको छ। त्यसपछि प्रहरी र स्थानीयले टोल सिल गरेका हुन्। स्थानीयलाई अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ।  संक्रमित व्यक्ति बैंकमा काम गर्ने खुलेको छ। भक्तपुरमा हालसम्म १२४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

    विस्तृतमा पढ्नुस्

  • ग्रेडिङमा चित्त नबुझेपछि ए लेभलका विद्यार्थी आन्दोलित

    ग्रेडिङमा चित्त नबुझेपछि ए लेभलका विद्यार्थी आन्दोलित

    काठमाडौं : यस वर्ष ए लेभलमा सहभागी भएका विद्यार्थीहरुले लाजिम्पाटको ब्रिटिस काउन्सिल अगाडि पुगेर प्रदर्शन गरेका छन्। कोभिड-१९ का कारण यसपटक ए लेभलको परीक्षा रद्द भएको थियो। क्याम्ब्रिज परीक्षा बोर्डले यो वर्ष शिक्षकलाई नै ग्रेड दिने अधिकार दिइएको थियो। यही आधारमा ग्रेडिङ ठीक नभएको आरोप लगाउँदै विद्यार्थी आन्दोलनमा उत्रेका हुन्। बोर्डले आफूलाई चित्त नबुझै अपिल गर्नसक्ने जनाइसकेको छ।

    विस्तृतमा पढ्नुस्

  • पौडी खेल्दाखेल्दै टाप कस्नु परेपछि…

    पौडी खेल्दाखेल्दै टाप कस्नु परेपछि…

    कोभिड-१९ को त्रास कायमै छ। विद्यालय बन्द रहेकाले बालबालिका फूर्सद्मा छन्। सरकारले १२ वर्षभन्दा मुनिका र ६० वर्षमाथिकालाई घर बाहिर ननिस्कन भनिसकेको छ। तर बालबालिका भने यही मौका छोपेर भक्तपुरको नपुखुमा गर्मी छल्न पोखरीमा डाइभ हान्न व्यस्त देखिन्थे। यही अवस्थामा पोखरीको हेरचाहमा खटिएका व्यक्ति पुगेपछि पौडी खेल्दै गरेका बालबालिका आफ्नो कपडा सोहर्दै भागेका थिए।

    विस्तृतमा पढ्नुस्

  • कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिर बन्द, बाहिरैबाट पूजा गर्दै फर्किए भक्तजन

    कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिर बन्द, बाहिरैबाट पूजा गर्दै फर्किए भक्तजन

    आज श्रीकृष्ण जन्माष्टमी। ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा अघिल्ला वर्षहरुमा भिड नै लाग्थ्यो। यसपटक भने कोभिड-१९ महामारीका कारण भक्तजनहरुले मन्दिर प्रवेश पाएनन्।  पाटन क्षेत्रमा घुँइचो हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यसैले कृष्णलाई पुज्न पुगेकाहरु टाढैबाट पूजा अर्पण गरी फर्किएको देखिन्थ्यो।  कोभिड-१९ संक्रमण फैलिन नदिन जिल्ला प्रशासन र मंगलबजार टोल सुधार समितिले मन्दिर बन्द गर्ने निर्णय गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • बैंकमा पेन्सन लिनेको भिड यस्तो, छैन भौतिक दुरीको पालना

    बैंकमा पेन्सन लिनेको भिड यस्तो, छैन भौतिक दुरीको पालना

    भक्तपुरको सूर्यविनायकमा रहेको नेपाल वाणिज्य बैंकमा सोमवार दिउँसो सेवाग्राहीको लामो लाइन देखियो। कोभिड-१९ महामारीको त्रासका बीच सेवाग्राहीबीच भौतिक दुरीको भने पालना गरेको देखिएन। उनीहरु पेन्सन बुझ्न लाइनमा उभिएका रहेछन्। कोभिड त्रासका कारण यसपटक पेन्सन आउन ढिला भएकोले भिड बढेको उनीहरुले बताए।

    विस्तृतमा पढ्नुस्

  • नगरकोट टु अनैकोट : कोही रोपो गोड्दै, कोही घाँस काट्दै

    नगरकोट टु अनैकोट : कोही रोपो गोड्दै, कोही घाँस काट्दै

    नगरकोट, पर्यटकीय स्थल। यतिबेला कोभिड-१९ को महामारीका कारण पर्यटकहरु देखिन्नन् यस क्षेत्रमा। तर यहाँबाट देखिने फाँटहरुमा भने हरियाली प्रशस्त देखिन्छ। झरी, कुहिरोसँग लुकामारी गरिरहेका गाउँहरु देख्न सकिन्छ। फाँटहरुमा रोपो गोड्नेदेखि घाँस काट्ने कृषकहरु भेट्न सकिन्छ। यही मेसोमा भक्तपुरको नगरकोट र काभ्रेको अनैकोटका फाँटहरुलाई अमित मचामासीले यसरी क्यामरामा कैद गरेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • बालाजु-बाइपासमा रिले अनसन सुरु

    बालाजु-बाइपासमा रिले अनसन सुरु

    काठमाडौं : सडक विस्तारको क्रममा बालाजु -बाइपास क्षेत्रमा रहेका दुई घर भत्काइएपछि सडक विस्तारबाट विस्थापित भएकाहरुले रिले अनसन सुरु गरेका छन्। बाइपासमा शनिवार बिहानैबाट उनीहरुले रिले अनसन सुरु गरेका हुन्। गत मंगलवार चारवटा डोजरले बाइसधारा र बाइपास जोड्ने सडकको बायाँ भागमा रहेका दुई घर भत्काएको थियो। अदालतले सडक विस्तार हाललाई रोक्न भन्दै ‘स्टे अर्डर’ दिएकोमा प्रहरी प्रशासनको रहोबारमा बिना कुनै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell