PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

नागढुंगामा सकस : 'बुधवार तरकारी लिएर बाहिर गएँ, आज फर्कँदा गाडी खाली छ भन्दै प्रवेश गर्न दिएनन्'



अमित मचामसी

नागढुंगामा सकस : 'बुधवार तरकारी लिएर बाहिर गएँ, आज फर्कँदा गाडी खाली छ भन्दै प्रवेश गर्न दिएनन्'

काठमाडौं : घर काठमाडौं। काम तरकारी तथा फलफुल ढुवानी गर्ने। बुधवार काठमाडौंबाट तरकारी बोकेर विजय कपाली बाहिर जिल्ला गए। तर आज फर्कँदा नागढुंगामा नै रोकिए।

कारण –  निषेधाज्ञा।

उपत्यकामा कोरोना संक्रमण बढेसँगै बिहीबारबाट तीनवटै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा अत्यावश्यक सामाग्री र सेवाहरुका लागि गाडी संचालन गर्न पाउने भनेको छ। त्यसमा तरकारी तथा फलफुल ढुवानी गर्ने गाडी नि पर्छ। त्यसैले कपाली पनि निर्धक्क भएर तरकारी लिएर बाहिर जिल्ला पुगेका थिए।  तर फर्कँदा गाडीमा तरकारी नभएको भन्दै प्रहरीले नाकामा नै कपालीलाई रोक्यो।

बुधवार आफू तरकारी लिएर बाहिर गएको र आज फर्किएको भन्दा पनि उनलाई प्रवेश गर्न दिइएन। नागढुंगामा नै रोकिएका उनले भने ‘ सरकारले ढुवानी गर्ने गाडी संचालन गर्न भनेको छ। त्यसैले तरकारी लिएर हिजो बाहिर गएँ। आज गाडीमा तरकारी छैन भनेर प्रवेश गर्न दिइएन।’

आफ्नो घर काठमाडौंमा नै रहेको भन्दै प्रहरीले गाडी प्रवेश गर्न नदिए आफू विचल्लीमा पर्ने बताए।

भने, ‘ प्रवेश गर्न दिएन भने अब कहाँ बस्ने ? गाडी कहाँ राख्ने ? के खाने?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell