PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

कर्फ्युकै बीचमा रातो मछिन्द्रनाथको यसरी हुँदै क्षमा पूजा

कर्फ्युकै बीचमा रातो मछिन्द्रनाथको यसरी हुँदै क्षमा पूजा

अमित मचामसी/पहिलोपोस्ट


ललितपुर : पहिले झै सबै विधि र प्रकृया पूरा गरेर रथयात्रा हुन नसक्ने भएपछि मछिन्द्रनाथको रथमा क्षमा पूजा गरिएको छ। कोरोना भाइरसको संक्रमणका कारण जात्रा र पर्वहरुमाथि निषेधाज्ञा आकर्षिक भएकाले मछिन्द्रनाथको रथ तान्ने काम रोकिएको थियो।

यसै विषयलाई लिएर हिजो एउटा ठूलो समूहले जबरजस्ती रथ तान्न खोजेको थियो। त्यसै क्रममा प्रहरीसँग उनीहरुको घम्साघम्सी नै परेको थियो। त्यसैले आज ललितपुरमा कर्फ्यु जारी छ। कर्फ्युकै बीचमा क्षमा पूजा सुरु गरिएको हो।

बिहान साढे ११ बाट क्षमापूजा शुरु भएको हो।

रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीवार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेको थियो।

बैठकले शुक्रवार क्षमा पूजा, भदौ २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ।

यसरी साइत हेरे पनि निस्किएको मिति (सम्भवत भदौ २६ गते) मछिन्द्रनाथलाई बुंगमती लग्ने निर्णय गरिएको बुंगद्य: जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्तिमार्फत जनाएका छन्।

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथ कोरोना महामारीका कारण पुल्चोकमा राखिएको महिनौ भइसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell