भक्तपुरको सूर्यविनायकमा रहेको नेपाल वाणिज्य बैंकमा सोमवार दिउँसो सेवाग्राहीको लामो लाइन देखियो।
कोभिड-१९ महामारीको त्रासका बीच सेवाग्राहीबीच भौतिक दुरीको भने पालना गरेको देखिएन।
उनीहरु पेन्सन बुझ्न लाइनमा उभिएका रहेछन्। कोभिड त्रासका कारण यसपटक पेन्सन आउन ढिला भएकोले भिड बढेको उनीहरुले बताए।