PahiloPost

Jun 7, 2026 | २४ जेठ २०८३

कोरोनाले रोक्यो तीजको रमझम, डोलेश्वर बन्यो सुनसान

कोरोनाले रोक्यो तीजको रमझम, डोलेश्वर बन्यो सुनसान

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : आज हरितालिका तीज। महादेवको पूजा गर्दै ब्रत बसेर आज धुमधामका साथ मनाइयो यो पर्वलाई यसपटक कोरोना भाइरसले प्रभावित बनायो।

उपत्यकामा कोरोना संक्रमण फैलिँदै गएपछि बिहीबारबाट निषेधाज्ञा लागू गरियो। जसका कारण यो वर्ष शिव मन्दिरहरु भीड देखिएन। घरमा नै बसेर तीज मनाउन प्रशासनले आग्रह गरेको छ।

यता, भक्तपुरको डोलेश्वरपनि तीजको दिन सुनसान देखियो। हरेक वर्ष तीजका दिन भीड हुने यो स्थानमा कोरोना कहरका कारण केही संख्यामा मात्रै भक्तजन पुगे। घर नजिकै भएका केही स्थानीय शिवालय पुगेर बाहिरबाट नै दर्शन गरेका थिए। मन्दिर प्रवेश गर्ने मुख्यद्वार बन्द गरिएको छ।

काठमाडौँ उपत्यकालगायत देशभरका मुख्य शिवालयमा पनि नित्य पूजा बाहेक सबै गतिविधि बन्द गरिएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell