PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बालाजु-बाइपासमा रिले अनसन सुरु

बालाजु-बाइपासमा रिले अनसन सुरु

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : सडक विस्तारको क्रममा बालाजु -बाइपास क्षेत्रमा रहेका दुई घर भत्काइएपछि सडक विस्तारबाट विस्थापित भएकाहरुले रिले अनसन सुरु गरेका छन्।

बाइपासमा शनिवार बिहानैबाट उनीहरुले रिले अनसन सुरु गरेका हुन्।

गत मंगलवार चारवटा डोजरले बाइसधारा र बाइपास जोड्ने सडकको बायाँ भागमा रहेका दुई घर भत्काएको थियो।

अदालतले सडक विस्तार हाललाई रोक्न भन्दै ‘स्टे अर्डर’ दिएकोमा प्रहरी प्रशासनको रहोबारमा बिना कुनै आधार र सूचना घर भत्काएको भन्दै स्थानीयले विरोध गरिरहेका छन्।

अभियन्ताहरुले एक हप्ताअघि बालाजु बाइपास क्षेत्रमा ‘सफाइ आन्दोलन’ संचालन गरेका थिए। स्ववासीहरुलाई विस्थापति गराउन खोजिएको भन्दै सडक निर्माण रोकिएको स्थानमा उनीहरुले सरसफाइ कार्यक्रम संचालन गरेका थिए। त्यसपछि प्रशासनले उक्त क्षेत्रमा रहेक दुई घरमा डोजर चलाएको हो।

सडक विस्तारका क्रममा बाइधारा – बाइपास जोड्ने सडकको बायाँपट्टीका घरहरु सबै भत्काए पनि सर्वोच्चमा परेको मुद्दाका कारण दुईटा घर पूर्ण रुपमा भत्काइएको थिएन। त्यसकारण करिब २०० मिटर सडक निर्माण हुन सकेको थिएन।

बाइपास क्षेत्रमा घर हुने स्थानीयले उचित क्षतिपूर्तिको मागसहित अदालतमा मुद्दा दायर गरेका थिए। यस्तै, सडकको दायाँबायाँ बराबर जग्गा लिनुपर्नेमा बायाँपट्टीमात्रै जग्गा लिएर सरकारले आफूहरुलाई विस्थापित गराउन खोजेको उनीहरुको आरोप छ। सडक विस्तारमा घर परेका केहीले भने मुआब्जा लिइसकेको बताइएको छ।

अदालतले सडक निर्माण रोक्न ‘स्टे अर्डर’ जारी गरेसँगै सडक निर्माण हुन सकेको थिएन। बाइसधारा पाटीभन्दा केही माथिसम्म मुआब्जा दिएर सडक निर्माण भइसकेको छ। तर अदालती प्रक्रियाका कारण ६ वर्षदेखि बाइसधारा र बाइपास जोड्ने करिब २०० मिटर सडक निर्माण हुन सकेको थिएन।



ट्रेन्डिङ पोस्ट

Ncell