PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

फोटोमा यस्तो देखियो बिहानबाट ललितपुरमा लगाइएको कर्फ्यु

फोटोमा यस्तो देखियो बिहानबाट ललितपुरमा लगाइएको कर्फ्यु

अमित मचामसी/पहिलोपोस्ट


आज बिहानै ४ बजेदेखि ललितपुरमा कर्फ्यु जारी गरिएको छ। बिहीवार पुल्चोकमा भएको हिंसात्मक घटनाका कारण आज बिहानैदेखि ललितपुरको मुख्य शहरी क्षेत्रमा कर्फ्यु लगाइएको हो। कर्फ्यु लगाइएको कारण अहिले ललितपुरको शहरी क्षेत्र सुनासान छन्। सुरक्षाकर्मी, अत्यआवश्यक सवारी साधनहरु बाहेक अन्य सवारी कुदेका छैन। बजार पूर्ण रुपमा बन्द छ।

'आवश्यक रुपमा सुरक्षाकर्मी खटाइएको छ। अहिले ललितपुरको अवस्था शान्त छ। कर्फ्यु जारी छ,' जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख नारायण प्रसाद भट्टले भने।

कर्फ्युको आदेश उल्लंघन गरेमा सुरक्षामा खटिएका सुरक्षा अधिकारीले गोली हान्न सक्ने अधिकारसहित कर्फ्यु लगाइएकाले यस क्षेत्र सुनसान बनेको छ। शुक्रवार (आज) राति १० बजेसम्म कर्फ्यु जारी गरिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क (१) बमोजिम जिल्ला प्रशासन कार्यालयले कर्फ्युको आदेश गरेको हो। हिजो मछिन्द्रनाथको रथलाई जवरजस्ती तान्न खोज्ने युवा र प्रहरीबीच पुल्चोकमा झडप भएको थियो। कोरोना संक्रमण फैलिएका कारण मछिन्द्रनाथको जात्रा रोकिएको छ।

आज जारी कर्फ्यु बलेखुदेखि मनहरापुलसम्मको चक्रपथ भित्र पर्ने सबै क्षेत्रमा लागू गरिएको छ। चक्रपथ बाहिरको जनजीवन सामान्य रहे पनि मुल शहरी क्षेत्र सुनसान बनेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell