कोभिड-१९ को त्रास कायमै छ। विद्यालय बन्द रहेकाले बालबालिका फूर्सद्मा छन्।
सरकारले १२ वर्षभन्दा मुनिका र ६० वर्षमाथिकालाई घर बाहिर ननिस्कन भनिसकेको छ।
तर बालबालिका भने यही मौका छोपेर भक्तपुरको नपुखुमा गर्मी छल्न पोखरीमा डाइभ हान्न व्यस्त देखिन्थे।
यही अवस्थामा पोखरीको हेरचाहमा खटिएका व्यक्ति पुगेपछि पौडी खेल्दै गरेका बालबालिका आफ्नो कपडा सोहर्दै भागेका थिए।