PahiloPost

Jun 7, 2026 | २४ जेठ २०८३

निषेधाज्ञापछि काठमाडौं प्रवेश गर्ने क्रममा रहेका गाडीहरु नागढुंगाबाटै फर्काइयो

निषेधाज्ञापछि काठमाडौं प्रवेश गर्ने क्रममा रहेका गाडीहरु नागढुंगाबाटै फर्काइयो

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : प्रहरीले काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा मालबाहक सवारी साधनहरु प्रवेशमा कडाइ गरेको छ। बिहीबारबाट उपत्यकामा निषेधाज्ञा लागू भएपछि नाकाबाट अत्यावश्यक समाग्री जस्तै खाद्यान्न, औषधी, तरकारी, स्वास्थ्य सामाग्री बोकेर आएको सवारी साधनलाई मात्र प्रवेश गर्न दिइएको छ।

अत्यावश्यक बाहेक अन्य सामाग्री सहित काठमाडौं प्रवेश गर्ने क्रममा रहेका सवारी साधनहरु भने नाकामा नै रोकिएका छन्। कयौं गाडीहरुलाई फिर्ता पठाइएको छ।

यता, नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने क्रमा रोकिएकाहरुले भने सरकारले स्पष्ट व्यवस्था नगर्दा गाह्रो भएको बताएका छन्। केही दिन अघि नै लोड भएर काठमाडौंका लागि उपभोग्य वस्तु लिएर आएका गाडीहरु रोकिएकोमा उनीहरुले गुनासो व्यक्त गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell