PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • पानी पर्दा ट्राफिक जाम...

    पानी पर्दा ट्राफिक जाम...

    निरन्तर पानी परेपछि सडकमा पानी जम्दा ट्राफिक जाम नै भयो भक्तपुरको चुनदेवीमा। बाटो खुलाउन ट्राफिक प्रहरी नै आइपुग्नुपर्‍यो। पानी परेपछि काठमाडौं उपत्यकका विभिन्न सडकमा यस्तै स्थिति सिर्जना हुन्छ। पानी पर्दा उपत्यकाका विभिन्न स्थानका सडकको अवस्था यस्तो देखियो।  

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको ‘ड्युटी’ : मास्क लगाए नलगाएको चेक गर्ने, सवारी साधनको नम्बर प्लेट हेर्ने

    प्रहरीको ‘ड्युटी’ : मास्क लगाए नलगाएको चेक गर्ने, सवारी साधनको नम्बर प्लेट हेर्ने

    काठमाडौं : लकडाउन खुकुलो भएसँगै कोरोना भाइरसको संक्रमण रोक्न प्रहरीले सर्वसाधारणले मास्क लगाए नलगाएको चेक गरिरहेको छ। विभिन्न स्थानमा चेक गर्दै मास्क नलगाउनेलाई कारबाही गर्ने प्रकृया अगाडि बढाइएको छ। मास्क नलगाएका पाइएमा नियन्त्रणमा लिई संक्रामक रोग नियन्त्रण ऐन अन्तर्गत एक सय जरिबाना तिराई कारबाही गरिएको छ। प्रहरीले जोरबिजोर प्रणाली अनुसार सवारी साधन चलाए नचलाएको जाँच गर्नुको साथै मोटरसाइकलमा दुई जना…

    विस्तृतमा पढ्नुस्

  • झरीको परवाह नगरी प्रदर्शनमा उत्रिए प्रधानमन्त्री ओलीका समर्थक

    झरीको परवाह नगरी प्रदर्शनमा उत्रिए प्रधानमन्त्री ओलीका समर्थक

    काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन हुने क्रम जारी छ। नेकपाभित्र आन्तरिक विवाद जारी रहँदा प्रधानमन्त्री ओलीको समर्थनमा शुक्रवार पनि प्रदर्शन भएको छ। उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमणको जोखिम बढिरहे पनि शुक्रवार माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो। पार्टीभित्रैबाट ओलीको राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरुले केही दिनयता प्रदर्शन गरिरहेका छन्। शुक्रवार बिहानैदेखि वर्षा भइरहे…

    विस्तृतमा पढ्नुस्

  • कोरोना छल्न भाइजर लगाएर अभ्यास गर्दै कराँते खेलाडी

    कोरोना छल्न भाइजर लगाएर अभ्यास गर्दै कराँते खेलाडी

    काठमाडौं: कोरोना महामारीका कारण रोकिएका खेलहरु विश्वभर बिस्तारै सञ्चालनमा आउन थालेका छन्। यसैबीच नेपालमा पनि ब्याटमिन्टन, कराँते लगायतका विभिन्न खेलका अभ्यासहरु सुरु भएका छन्। सातदोबाटोस्थित कराते कभर्डहलमा पछिल्लो समय अभ्यास चलिरहेको छ। कोरोना सङ्क्रमणको अवस्थालाई ध्यानमा राख्दै खेलाडीहरुले भाइजर प्रयोग गरिरहेका छन्। त्यस्तै हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता विविध पक्षमा ध्यान पुर्‍याएर अभ्यास गरिरहेका छन् खेलाडीहरुले। सुरुमा ओलम्पिकको तयारीमा…

    विस्तृतमा पढ्नुस्

  • मुहान पोखरीमा मुस्कुराएका मुहारहरु

    मुहान पोखरीमा मुस्कुराएका मुहारहरु

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको मुहान पोखरीमा अहिले धेरै मानिस पुग्ने गरेका छन्। उपत्यकामा गर्मी बढेसँगै गर्मी छल्न मुहान पोखरीमा रहेको झरनामा झुम्न पुग्नेको संख्या बढेको हो। अन्यदिनभन्दा सार्वजनिक विदाका दिन यहाँ पुग्नेको संख्या धेरै हुन्छ।

    विस्तृतमा पढ्नुस्

  • रातो मछिन्द्रनाथको रथारोहणका लागि तयार हुँदै रथ  

    रातो मछिन्द्रनाथको रथारोहणका लागि तयार हुँदै रथ  

    काठमाडौं : करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई असार २४ गते रथमा विराजमान गराइने भएको छ। हाल पुल्चोकमा रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। बाराही र ञँवाहरुले भने रथ निर्माणको काम गरिरहेका हुन्। बाराहीहरुले रथमा ल:सिं राख्नेछन् काम गर्छन् भने ञँवाहरुले काठहरुलाई डोरी र बेतले कस्ने काम गर्छन्। ललितपुरको त:बहास्थित मन्दिरबाट बुंगद्य:लाई वैशाख १२ गते पुल्चोकमा पुर्‍याएर रथमा राखिनु पर्थ्‍यो। र त्यसपछि रथयात्रा सुरु…

    विस्तृतमा पढ्नुस्

  • पेशागत सुरक्षाको माग गर्दै पत्रकारहरु सडकमा, 'अरुको आवाज हामीले सुन्यौँ, हाम्रो आवाज कसले सुन्ने?'

    पेशागत सुरक्षाको माग गर्दै पत्रकारहरु सडकमा, 'अरुको आवाज हामीले सुन्यौँ, हाम्रो आवाज कसले सुन्ने?'

    काठमाडौं : पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ। लक डाउनको अवधिमा श्रमजीवी पत्रकारहरुलाई जागिर बाट निकाल्ने, बिना तलब विदामा राख्ने, पारिश्रमिक कटौती गर्ने समस्या देखिएको भन्दै राजधानीको बबरमहलमा प्रदर्शन गरिएको हो। पत्रकारहरुलाई कार्यालयमा काम गर्ने वातावरण नदिने, जिम्मेवारी विहिन बनाउने जस्ता समस्या विभिन्न सञ्चारगृहमा देखिएका भन्दै पेशागत सुरक्षाको ग्यारेण्टी नहुँदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई खबरदारी गर्न जारी छ सत्याग्रह

    सरकारलाई खबरदारी गर्न जारी छ सत्याग्रह

    काठमाडौं : कोरोना भाइरस नियन्त्रणमा चालिएको कदम प्रभावकारी नभएको भन्दै सरकारलाई खबरदारी गर्न शुरु भएको सत्याग्रहको बिहीवार छैटौँ दिन पनि जारी छ। शुक्रवार दिउँसो १ बजेदेखि पाटनको कृष्ण मन्दिर अगाडि रहेको सत्तलमा अभियन्ता ई: आमरण अनसनमा बसेका थिए। शुक्रवार बेलुकी करिब साढे ८ बजेतिर उनसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो। सामाजिक संजालमा 'इनफ इज इनफ' नाममा सक्रिय युवाहरुको समूहले…

    विस्तृतमा पढ्नुस्

  • श्रमदानबाट जीर्णोद्धार हुँदै न्यातपोल

    श्रमदानबाट जीर्णोद्धार हुँदै न्यातपोल

    भक्तपुर : भक्तपुरको टौमढी स्थित न्यातपोल (ङातापोल) मन्दिर जीर्णोद्धारको काम भइरहेको छ। स्थानीयहरुको श्रमदानमा मन्दिरको जीर्णोद्धार भइरहेको हो दैनिक सयौंको संख्यामा मानिसहरुले मन्दिर निर्माणका लागि श्रमदान गरिरहेका छन्। हाल भक्तपुरको टौमढी क्षेत्रमा कोही माटो मुछ्दै गरेको देखिन्छन् भने कोही माटोको डल्ला बनाउँदै गरेको देखिन्छ। लाम लागेर मानिसहरु माटोका डल्ला एकले अर्कालाई दिँदै मन्दिर निर्माणमा सहभागी भइरहेका छन्। बुधवारसम्म करिब ३…

    विस्तृतमा पढ्नुस्

  • 'बैंकले गाडी खोस्ने अवस्था आयो सरकार! काम गरी खान देउ'

    'बैंकले गाडी खोस्ने अवस्था आयो सरकार! काम गरी खान देउ'

    लकडाउन लम्बिँदा कमाई रोकिएको भन्दै ट्याक्सी चालकहरु मंगलवार बिहानै आन्दोलनमा उत्रिएका छन्। रोगले भन्दा भोगले मर्ने अवस्था आयो सरकार काम गरी खान देउ, बैंक तथा फाइनन्सले गाडी खोस्ने अवस्था आयो सरकार भन्दै उनीहरुले काठमाडौंको नयाँ बनेश्वरमा प्रदर्शन गरेका हुन्। अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समिति र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज आन्दोलनमा उत्रिएका हुन्। नयाँ…

    विस्तृतमा पढ्नुस्

  • रोपाईको दिनमा रडाको, खोकनामा प्रहरी र स्थानीयबीच ट्रयाक्टर खोसाखोस

    रोपाईको दिनमा रडाको, खोकनामा प्रहरी र स्थानीयबीच ट्रयाक्टर खोसाखोस

    आज असार १५। ललितपुरको खोकनाबासीले यही अवसर पारी आफ्नो भूमिलाई जिरो प्वाइन्ट बनाउन नदिने भन्दै सांकेतिक विरोध गरेका छन्। फास्ट ट्रयाकका लागि नेपाली सेनाले लिइसकेको जग्गामा खोकनाबासीले ट्रयाक्टर लगाएर खेत रोप्न थालेपछि उक्त स्थानमा प्रहरी पुगेको छ। प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरेपनि स्थानीयको बाक्लो उपस्थिति रहेकोले थप प्रहरी बल बोलाइएको छ। २०-३० जनाको संख्यामा उपस्थित जनपथ प्रहरीले सशस्त्र प्रहरी बलसमेत डाकेको…

    विस्तृतमा पढ्नुस्

  • सडक चौडा पार्न हटाउन थालियो सूर्यविनायक-साँगा सडकछेउका रुख

    सडक चौडा पार्न हटाउन थालियो सूर्यविनायक-साँगा सडकछेउका रुख

    सूर्यविनायकदेखि साँगासम्मको सडकखण्डमा सडकछेउ रहेका रुख हटाउन शुरु गरिएको छ। बाटो चौडा पार्न सो सडकछेउमा पर्ने रुखहरु हटाउन शुरु  गरिएको हो। १० दिनसम्ममा सो सडकछेउका रुखहरु हटाउने काम सकिने बताइएको छ। रुख काट्ने काम सकिएपछि सडक निर्माण कार्य शुरु हुनेछ।

    विस्तृतमा पढ्नुस्

  • जब सन्ध्या हुन्छ झिलिमिली बत्तीमा रमाउँछ माइतीघर मण्डल

    जब सन्ध्या हुन्छ झिलिमिली बत्तीमा रमाउँछ माइतीघर मण्डल

    काठमाडौं : जब सन्ध्या हुन्छ तब माइतीघर मण्डलमा झिलिमिली बत्ती बल्न थाल्छ। केही दिनयता उक्त सडकखण्ड हुँदै साँझ यात्रा गर्नेहरुलाई माइतीघरको उज्यालोले आर्कषित गर्ने गरेको छ। केही बटुवा सेल्फी खिच्दै गरेका देखिन्छ।   काठमाडौं महानगरपालिकाले सन्धाकालीन शहरलाई झिलिमिली बनाउने आफ्नो योजना अन्तर्गत मण्डलबाट यो कार्य सुरु गरेको हो। आउने दिनमा थप स्थानमा यस्तै झिलिमिली गर्ने योजना महानगरले लिएको छ।

    विस्तृतमा पढ्नुस्

  • उपत्यका भित्रिनेको चाप बढेपछि प्रहरीले गर्‍यो कडाइ, फर्काइए अत्यावश्यक बाहेकका सवारी

    उपत्यका भित्रिनेको चाप बढेपछि प्रहरीले गर्‍यो कडाइ, फर्काइए अत्यावश्यक बाहेकका सवारी

    बाहिरी जिल्लाबाट उपत्यका भित्रिने सवारीको चाप यतिबेला ह्वात्तै बढेको छ। यसरी आउने सवारी मालवाहकदेखि निजी कार तथा मोटरसाइकल रहेका छन्। उपत्यका भित्रिने सवारीको चाप बढेपछि प्रहरीले सवारी जाँचमा कडाइ गरेको छ। साँगा तथा जगाती हुँदै उपत्यका भित्रिने गाडीको सो क्षेत्रमा लाइन लागेको छ। प्रहरीले पास भएका र अत्यावश्यकबाहेक अन्यलाई साँगा क्षेत्रबाटै फर्काइदिएको छ। गएको सात दिनमा दैनिक ३ हजारभन्दा बढी सवारी…

    विस्तृतमा पढ्नुस्

  • न्यातपोलमा वर्षबन्धन पूजा, यसरी फहराइयो झण्डा

    न्यातपोलमा वर्षबन्धन पूजा, यसरी फहराइयो झण्डा

    भक्तपुरको टौमढीस्थित न्यातपोल(ङातापोल) मन्दिरमा वर्षबन्धन पूरा गरी झण्डोत्तलन गरिएको छ। नेपाल संवत् ८ सय २२ मा आजकै दिन निर्माण सम्पन्न भएको मन्दिरमा सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झण्डा फहराइएको हो। स्थानीय भाषामा यसलाई भूषादान भनिन्छ। मन्दिर निर्माण कार्य पूरा भएर गजुर हालेको स्मरणमा हरेक वर्ष यसरी झण्डा फहराउने गरिन्छ। ङातापोल मन्दिर नेपाल संवत ८२२ मा राजा भूपतिन्द्र मल्लको…

    विस्तृतमा पढ्नुस्

  • रातभरको झरीले खोला भरियो, बाटो पुरियो, सत्तलमा ताल

    रातभरको झरीले खोला भरियो, बाटो पुरियो, सत्तलमा ताल

    भक्तपुर : असारे झरी रातभर दर्किएकाले मुलुकका धेरै खोलानाला भरिए। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिन यता लगातार सुरक्षित रहन पनि भन्दै आएको छ। वर्षामा खोला बढ्नु सामान्य भए पनि भक्तपुरको वंश गोपाल मन्दिर क्षेत्रका लागि भने यो नियमित आकस्मिकता हुने गरेको छ। हिजोको झरीका कारण यहाँ खोला भरियो, बाटो पनि पानीले पुरियो अनि नजिकैको सत्तलमा जम्यो ताल। हेर्नुस्…

    विस्तृतमा पढ्नुस्

  • बीचबीचमा बादलले छेके पनि यस्तो देखियो सूर्यग्रहण

    बीचबीचमा बादलले छेके पनि यस्तो देखियो सूर्यग्रहण

    आइतवार बिहान ११ बज्नै लाग्दा भक्तपुरको सिपाडोलबाट पनि सूर्यग्रहण देखिन शुरु भयो। बादल लागेकोले बेला बेला सूर्यग्रहण देखिन मुश्किल परेको थियो। बेलाबेला बादल हट्दा चन्द्रमाले ढकेको सूर्यलाई देखिन्थ्यो। नेपाल पञ्चाङ्ग निर्णायक समितिले सूर्यग्रहण बिहान १०:५० बजे शुरु भएर दिउँसो २:२३ बजे सकिने जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • लकडाउन खुकुलो भएपछि फेरिएको उपत्यकाको दृश्य

    लकडाउन खुकुलो भएपछि फेरिएको उपत्यकाको दृश्य

    काठमाडौं : लकडाउन अवधिभर काठमाडौंको सडक सुनसान थिए। मानिसहरु घरभित्रै रहे। सवारी साधन ठप्प। पसल, बजारका सटरहरुमा ताला झुण्डिएका थिए। झण्डै तीन महिना यता सुनसान काठमाडौंलाई व्यस्त सहरका स्वरुपमा फर्कन समय लागेन। सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरेको लकडाउन केही खुकुलो पारेसँगै शहरमा चहलपहल सुरु भएको हो। अब अवस्था उस्तै रहेन। गाडी गुड्न थाले। ट्राफिक जाम सुरु भयो। मानिसहरु निस्कन…

    विस्तृतमा पढ्नुस्

  • गुठी आन्दोलनको एक वर्ष : माइतीघरमा दीप प्रज्वलन

    गुठी आन्दोलनको एक वर्ष : माइतीघरमा दीप प्रज्वलन

    काठमाडौं : आज असार ४। गत वर्ष आजकै दिन माइतीघर मण्डल (फिब्व ख्य:) मा नेवार समुदायले गुठी विधेयक विरुद्ध खबरदारी सभा गरिएको थियो। बृहत जनप्रदर्शनको एकदिन अघि नै सरकारले विधेयक फिर्ता लिएपनि त्यसलाई खबरदारी सभाका रुपमा आयोजना गरिएको थियो। त्यसैको सम्झनामा आज माइतीघरमा दीव प्रज्वल गरियो। सम्बन्धित समाचार : गुठी आन्दोलनको एक वर्ष : नेवार समुदायको बटमलाइन स्वायत्तता, सरकार पर्ख र…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ दूतावास बाहिर नारा,' युद्ध रोकौं , शान्ति फैलाऔं'

    चिनियाँ दूतावास बाहिर नारा,' युद्ध रोकौं , शान्ति फैलाऔं'

    काठमाडौं : चीन र भारतबीच सीमामा तनाव बढ्दै गर्दा बालुवाटारमा रहेको चिनियाँ दूतावास बाहिर केही मानवअधिकार र शान्ति समाज नेपालले प्रदर्शन गर्‍यो प्रदर्शनका क्रममा उनीहरुले चीनलाई युद्ध नगर्न र शान्ति कायम गर्न आग्रह गरेका थिए।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell