PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

उपत्यका भित्रिनेको चाप बढेपछि प्रहरीले गर्‍यो कडाइ, फर्काइए अत्यावश्यक बाहेकका सवारी

उपत्यका भित्रिनेको चाप बढेपछि प्रहरीले गर्‍यो कडाइ, फर्काइए अत्यावश्यक बाहेकका सवारी

अमित मचामसी/पहिलोपोस्ट


बाहिरी जिल्लाबाट उपत्यका भित्रिने सवारीको चाप यतिबेला ह्वात्तै बढेको छ। यसरी आउने सवारी मालवाहकदेखि निजी कार तथा मोटरसाइकल रहेका छन्।

उपत्यका भित्रिने सवारीको चाप बढेपछि प्रहरीले सवारी जाँचमा कडाइ गरेको छ। साँगा तथा जगाती हुँदै उपत्यका भित्रिने गाडीको सो क्षेत्रमा लाइन लागेको छ। प्रहरीले पास भएका र अत्यावश्यकबाहेक अन्यलाई साँगा क्षेत्रबाटै फर्काइदिएको छ।

गएको सात दिनमा दैनिक ३ हजारभन्दा बढी सवारी साधन काठमाडौं उपत्यकाभित्र छिर्दै आएका छन्। सरकारले जोरविजोर प्रणाली र सिट संख्या तोकेर सवारी संचालन गर्न दिएको निर्देशन पालना हुन सकेको छैन। यसले कोरोना भाइरस संक्रमणको जाखिमलाई बढाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell