PahiloPost

May 14, 2024 | १ जेठ २०८१

सरकारलाई खबरदारी गर्न जारी छ सत्याग्रह

सरकारलाई खबरदारी गर्न जारी छ सत्याग्रह

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरस नियन्त्रणमा चालिएको कदम प्रभावकारी नभएको भन्दै सरकारलाई खबरदारी गर्न शुरु भएको सत्याग्रहको बिहीवार छैटौँ दिन पनि जारी छ।

शुक्रवार दिउँसो १ बजेदेखि पाटनको कृष्ण मन्दिर अगाडि रहेको सत्तलमा अभियन्ता ई: आमरण अनसनमा बसेका थिए। शुक्रवार बेलुकी करिब साढे ८ बजेतिर उनसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो।

सामाजिक संजालमा 'इनफ इज इनफ' नाममा सक्रिय युवाहरुको समूहले सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै विरोध गर्दै आइरहेका छन्। उनीहरुले कोरोना परीक्षणमा पीसीआर लागू गर्न, आरडीटी बन्द गर्न र क्वारेन्टाइनको व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell