PahiloPost

May 16, 2026 | २ जेठ २०८३

'बैंकले गाडी खोस्ने अवस्था आयो सरकार! काम गरी खान देउ'

'बैंकले गाडी खोस्ने अवस्था आयो सरकार! काम गरी खान देउ'

अमित मचामसी/पहिलोपोस्ट


लकडाउन लम्बिँदा कमाई रोकिएको भन्दै ट्याक्सी चालकहरु मंगलवार बिहानै आन्दोलनमा उत्रिएका छन्।

रोगले भन्दा भोगले मर्ने अवस्था आयो सरकार काम गरी खान देउ, बैंक तथा फाइनन्सले गाडी खोस्ने अवस्था आयो सरकार भन्दै उनीहरुले काठमाडौंको नयाँ बनेश्वरमा प्रदर्शन गरेका हुन्।

अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समिति र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज आन्दोलनमा उत्रिएका हुन्।

नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि ट्याक्सीसहित आइपुगेका चालकहरुले नाराबाजीसमेत गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell