PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना छल्न भाइजर लगाएर अभ्यास गर्दै कराँते खेलाडी

कोरोना छल्न भाइजर लगाएर अभ्यास गर्दै कराँते खेलाडी

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं: कोरोना महामारीका कारण रोकिएका खेलहरु विश्वभर बिस्तारै सञ्चालनमा आउन थालेका छन्। यसैबीच नेपालमा पनि ब्याटमिन्टन, कराँते लगायतका विभिन्न खेलका अभ्यासहरु सुरु भएका छन्।

सातदोबाटोस्थित कराते कभर्डहलमा पछिल्लो समय अभ्यास चलिरहेको छ। कोरोना सङ्क्रमणको अवस्थालाई ध्यानमा राख्दै खेलाडीहरुले भाइजर प्रयोग गरिरहेका छन्। त्यस्तै हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता विविध पक्षमा ध्यान पुर्‍याएर अभ्यास गरिरहेका छन् खेलाडीहरुले। सुरुमा ओलम्पिकको तयारीमा रहेका नवीन रसाइली र अनु अधिकारीले मात्र अभ्यास सुरु गरेकोमा पछिल्लो समय अरु खेलाडीहरु पनि अभ्यासमा आउन थालेका छन्। अरु खेलाडीहरु अघिल्लो मंगलवारबाट आउन सुरु गरेको प्रशिक्षक दीपक श्रेष्ठले बताए। पछिल्लो समय थपिएका खेलाडीहरु राष्ट्रिय खेलकुदको तयारीमा छन्।

कोभिड अगाडि भन्दा दृश्य केही फरक छ। खेलाडी भाइजर लगाएका छन्।

'भाइजर लगाएर पनि अफ्ठ्यारो हुन्छ। तर मास्क लाउन भन्दा चाहीँ भाइजर लगाउनै सजिलो हुन्छ,' उनले भने,' थुकको माध्यमबाट कोरोना सर्ने सम्भावना रहने हुँदा भाइजरको प्रयोग गरेका छौं।'

विशेष गरी करातेमा अभ्यासको क्रममा थुक उछिट्टिने भएकाले भाइजरको प्रयोग गरिएको उनले बताए।

'करातेमा पन्चहरु हान्दा खेलाडीहरु कराउँछ र त्यसमा थुकहरु उछिटिन्छ। त्यस्तोमा प्रोटेक्ट होस भनेर भाइजर लगाको हो।' उनले भने।



ट्रेन्डिङ पोस्ट

Ncell