PahiloPost

May 14, 2024 | १ जेठ २०८१

न्यातपोलमा वर्षबन्धन पूजा, यसरी फहराइयो झण्डा

न्यातपोलमा वर्षबन्धन पूजा, यसरी फहराइयो झण्डा

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुरको टौमढीस्थित न्यातपोल(ङातापोल) मन्दिरमा वर्षबन्धन पूरा गरी झण्डोत्तलन गरिएको छ।

नेपाल संवत् ८ सय २२ मा आजकै दिन निर्माण सम्पन्न भएको मन्दिरमा सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झण्डा फहराइएको हो। स्थानीय भाषामा यसलाई भूषादान भनिन्छ।

मन्दिर निर्माण कार्य पूरा भएर गजुर हालेको स्मरणमा हरेक वर्ष यसरी झण्डा फहराउने गरिन्छ।

ङातापोल मन्दिर नेपाल संवत ८२२ मा राजा भूपतिन्द्र मल्लको पालामा निर्माण भएको हो। उक्त मन्दिर तान्त्रिक विधिले ६ महिनामा निर्माण भएको कथन छ।

२०७२ सालको भूकम्पले मन्दिरको माथिल्लो भागमा क्षति पुगेको थियो। हाल भक्तपुर नगरपालिका र स्थानीयको श्रमदानमा मन्दिरको जीर्णोद्धार कार्य भइरहेको छ।

जीर्णोद्धारको लागि नगरपालिकाले ६५ लाख १३ हजार ३ सय ५८ रुपैयाँ छुट्याएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell