PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

झरीको परवाह नगरी प्रदर्शनमा उत्रिए प्रधानमन्त्री ओलीका समर्थक

झरीको परवाह नगरी प्रदर्शनमा उत्रिए प्रधानमन्त्री ओलीका समर्थक

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन हुने क्रम जारी छ। नेकपाभित्र आन्तरिक विवाद जारी रहँदा प्रधानमन्त्री ओलीको समर्थनमा शुक्रवार पनि प्रदर्शन भएको छ।

उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमणको जोखिम बढिरहे पनि शुक्रवार माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो। पार्टीभित्रैबाट ओलीको राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरुले केही दिनयता प्रदर्शन गरिरहेका छन्। शुक्रवार बिहानैदेखि वर्षा भइरहे पनि त्यसको परवाह नगरी प्रदर्शन भएको थियो।

पछिल्लो समय नेकपाको विवाद उत्कर्षमा पुगेको छ। पार्टी विभाजनतर्फ जान लागेको भन्ने नेताहरुले चिन्ता व्यक्त गरिरहेका छन्। यद्यपि, अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटकपटक वार्ता भइरहेको छ।

स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए। ओली पदबाट राजीनामा नदिने अडानमा छन्।



ट्रेन्डिङ पोस्ट

Ncell