PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

रोपाईको दिनमा रडाको, खोकनामा प्रहरी र स्थानीयबीच ट्रयाक्टर खोसाखोस

रोपाईको दिनमा रडाको, खोकनामा प्रहरी र स्थानीयबीच ट्रयाक्टर खोसाखोस

अमित मचामसी/पहिलोपोस्ट


आज असार १५। ललितपुरको खोकनाबासीले यही अवसर पारी आफ्नो भूमिलाई जिरो प्वाइन्ट बनाउन नदिने भन्दै सांकेतिक विरोध गरेका छन्।

फास्ट ट्रयाकका लागि नेपाली सेनाले लिइसकेको जग्गामा खोकनाबासीले ट्रयाक्टर लगाएर खेत रोप्न थालेपछि उक्त स्थानमा प्रहरी पुगेको छ।

प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरेपनि स्थानीयको बाक्लो उपस्थिति रहेकोले थप प्रहरी बल बोलाइएको छ। २०-३० जनाको संख्यामा उपस्थित जनपथ प्रहरीले सशस्त्र प्रहरी बलसमेत डाकेको बताइएको छ।

स्थानीय भने विरोधस्वरुप धान रोपिरहेका छन् भने कोही ट्रयाक्टर चलाइरहेका छन्। कोही नारा लगाइरहेका छन्।

खोकनामा बाहिरी चक्रपथ र स्मार्ट सिटीलगायतका प्रोजेक्ट पनि जाने भएपछि स्थानीयले विरोध गर्दै आएका हुन्। साँस्कृतिक सहर मासिन नहुने भन्दै धेरैले सरकारले अधिग्रहण गरेको जमिनको मुआब्जा लिन मानेका छैनन्।



ट्रेन्डिङ पोस्ट

Ncell