PahiloPost

May 14, 2024 | १ जेठ २०८१

लकडाउन खुकुलो भएपछि फेरिएको उपत्यकाको दृश्य



अमित मचामसी

लकडाउन खुकुलो भएपछि फेरिएको उपत्यकाको दृश्य

काठमाडौं : लकडाउन अवधिभर काठमाडौंको सडक सुनसान थिए। मानिसहरु घरभित्रै रहे। सवारी साधन ठप्प। पसल, बजारका सटरहरुमा ताला झुण्डिएका थिए।

झण्डै तीन महिना यता सुनसान काठमाडौंलाई व्यस्त सहरका स्वरुपमा फर्कन समय लागेन। सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरेको लकडाउन केही खुकुलो पारेसँगै शहरमा चहलपहल सुरु भएको हो। अब अवस्था उस्तै रहेन। गाडी गुड्न थाले। ट्राफिक जाम सुरु भयो। मानिसहरु निस्कन थाले। उपत्यकामा फेरि धुँवाधुलो उड्न थाल्यो। महिनौं बन्द सटरहरु खुलेका छन्। काठमाडौं उपत्यका आफ्नो पुरानै लयमा फर्कने प्रयासमा छ। 

काठमाडौं उपत्यकामा लकडाउनको समयमा र लकडाउन खुकुलो हुँदा देखिएका दृश्यहरु   

शहिदगेट

भक्तपुर दरबार क्षेत्रस्वयम्भू स्तूपबानेश्वर

सिंहदरबारबानेश्वर

पाटन दरबार क्षेत्रन्यूरोड

कलंकी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell