PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

कोरोना कहरबीच तीजको लहर : चाँगुनारायणको छालिङमा देखियो यस्तो उमंग

कोरोना कहरबीच तीजको लहर : चाँगुनारायणको छालिङमा देखियो यस्तो उमंग

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : कोरोना भाइरसको संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा बिहीबारबाट निषेधाज्ञा लागू गरिएको छ। यस अवधिमा अत्यावश्यक काममा बाहेक अन्य कामका लागि बाहिर ननिस्कन प्रशासनले सर्वसाधरणलाई आग्रह गरेको छ। जसकारण यसपटकको तीज प्रभावित बन्यो।

शिवालयहरु यसपटक सुनसान बने। धेरैजनाले घरमा नै परिवारसँग तीज मनाए।

यता भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने छालिङमा भने निषेधाज्ञाले तीज मनाउनेहरुलाई खासै असर गरेन। महिलाहरु दिँउसै टोलटोलमा जम्मा भएर तीज मनाउन व्यस्त रहे। तीजका भाकामा नृत्य गर्दै बेलुकीसम्म उनीहरुले निषेधाज्ञाको आभाष हुन दिएनन्।



ट्रेन्डिङ पोस्ट

Ncell