PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

दशैंको संकेत गर्ने चथा:, यसरी मनाए नेवार समुदायले

दशैंको संकेत गर्ने चथा:, यसरी मनाए नेवार समुदायले

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : नेवार समुदायले आज चथा: मनाएका छन्।  दशैंको आगमनलाई संकेत गर्ने यो पर्वलाई 'सानो दशैं'का रुपमा समेत मनाउने गरिन्छ।

चथा: मा गणेश र चन्द्रमाको पूजा गर्ने गरिन्छ। आजकै दिन हिन्दु धर्मवालम्बीहरुले गणेशको जन्मदिन स्वरुप गणेश चतुर्थी समेत मनाउने गर्छन्। भक्तपुरमा भने यस पर्वलाई चोथा: भन्ने गरिन्छ।

रातिमात्रै मनाइने चथा: मा गणेशलाई चोर देवताको रुपमा समेत लिने गरिन्छ। साथै यसदिन चन्द्रमा हेरेमा चोर दोष लाग्ने मान्यता समेत रहेको छ।

पौराणिक किम्बदन्ती अनुसार चन्द्रमाले गणेशलाई हात्तीको टाउको राखेको भएको भन्दै जिस्काएपछि गणेशले चन्द्रमालाई तिम्रो मुख हेर्नेलाई चोर दोष लागोस् भनेर श्राप दिएको कथन छ। त्यसैले यसदिन राति चन्द्रमाको पूजा गर्ने गरिएको बताइन्छ।  

चथा: राम्ररी मनाए दशैंपनि राम्रो हुने मान्यता नेवार समुदायमा रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell