काठमाडौं : बुधवारबाट अन्तराष्ट्रिय उडान खुलेसँगै मलेसियाबाट नेपालीहरु आइपुगेका छन्। मलिन्दो एअरबाट क्वालालम्पुर हुँदै उनीहरु दिउँसो ३ बजे काठमाडौं आइपुगेका हुन्।
विमानमा कति जना नेपाली थिए भन्ने बारे केही खुलाइएको छैन। उनीहरुलाई नेपाली सेनाको बसमार्फत होल्डिङ सेन्टर लगिएको छ।