PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

निषेधाज्ञाको मारमा परेकाहरुलाई ‘हन्ड्रेड्स ग्रुप’को भोजन सेवा, ५ सय जनालाई दैनिक भोजन

निषेधाज्ञाको मारमा परेकाहरुलाई ‘हन्ड्रेड्स ग्रुप’को भोजन सेवा, ५ सय जनालाई दैनिक भोजन

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : ‘हन्ड्रेड्स ग्रुप’ नामक समूहले निषेधाज्ञाको मारमा परेकाहरुलाई खाना खुवाएको छ। लकडाउनको समयदेखि नै खाना खाने खर्च नभएकाहरुका लागि भोजन सेवा सञ्चालन गर्दै आएको सो समूहले हालसम्म खाना खुवाउने कार्यलाई जारी रहेको छ।

‘हन्ड्रेड्स ग्रुप’ले गत १५७ दिनदेखि यो अभियान सञ्चालन गर्दै आएको हो। यसअघि पशुपति, थापाथलीलगायतका स्थानमा पनि सो अभियान सञ्चालनमा रहेको थियो।

निषेधाज्ञा लागू हुनु अघि करिक एक/डेढ सयको हाराहारीमा मानिसहरु खाना खान आउने गरेकोमा अहिले करिब ५०० जनाको हाराहारीमा मानिसहरु खाना खान आउने गरेका छन्।

‘विभिन्न ठाउँबाट सहयोग आउने गर्छ, अहिले पनि सोसल मिडियाबाट धेरैले सहयोग गर्ने इच्छा राख्नुहुन्छ, निषेधाज्ञा हुन्जेलसम्म यो कार्य हामी जारी राख्नेछौँ,’ हन्ड्रेड्स ग्रुपका आदर्श दासले भने।



ट्रेन्डिङ पोस्ट

Ncell